logo
शुक्रबार, साउन १५ २०८३
  • ट्रेन्डिङ
एमालेले गर्यो दाङका तीन जनप्रतिनिधिलाई पार्टीबाट आउट

एमालेले गर्यो दाङका तीन जनप्रतिनिधिलाई पार्टीबाट आउट


387
SHARES

काठमाडौं । नेकपा एमाले दाङ जिल्ला कमिटीले पार्टीबाट निर्वाचित तीनजना जनप्रतिनिधिलाई कारबाही गरेको छ ।

नेकपा एमालेबाट निर्वाचित भएका तुलसीपुर उपमहागरपालिकाको कार्यपालिका सदस्य जानुका रेग्मी, डिला परियार र दीपक कुमालले पार्टीको हित विपरीत काम गरेको भन्दै एमालेले कारबाही गरेको हो ।

एमालेका जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेत र सचिव मनोहर बुढाथोकीले बिहीबार विज्ञप्ति जारी गरी तीनैजनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको जानकारी दिएका छन् ।

नेकपा एमाले विभाजित हुँदा शुरुमा एमालेमै बसेका उनीहरु पछि नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij