logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
राप्रपाको ‘गाई’ एमालेको ‘सूर्य’ चिन्ह खारेज हुने भएपछि ओली र राजेन्द्र तनावमा !

राप्रपाको ‘गाई’ एमालेको ‘सूर्य’ चिन्ह खारेज हुने भएपछि ओली र राजेन्द्र तनावमा !


1.1K
SHARES

काठमाडौं । निर्वाचन आयोेगले राजनीतिक दलका विधानमा प्रयोग भएका शब्दावली र चिन्हमा केरकार गर्दै हटाउन थालेको छ । त्यसको पछिल्लो शिकार राप्रपा बनेको छ भने आगामी निशानामा एमाले पर्ने देखिन्छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई विधानबाट हिन्दुराष्ट्र, राजसंस्था र झण्डामा प्रयोग भएको गाई तस्बिर हटाउन निर्वाचन आयोगले हालै पत्र काट्यो ।

पत्रमा आयोगले भनेको छ,‘सनातन हिन्दुराष्ट्र एवं राजसंस्था सहितको प्रजातन्त्रको मान्यता अभिवृद्धि गर्न र कायम गर्नु’ भन्ने वाक्य हटाउनु ।

त्यस्तै, पार्टी झन्डामा प्रयोग गरिएको गाईको तस्बिर हटाएर अनुसूची संशोधन गर्न पनि राप्रपालाई आयोगले निर्देशन गरेको छ ।

आयोगको निर्णयपछि तात्तिएको राप्रपाले यसरी पत्र काट्नु संविधान र कानुनविपरित रहेको ठहर गरेको छ ।

विगतमा पार्टीले प्रयोग गर्दै आएको यही वाक्य र तस्बिरलाई मान्यता दिएको आयोगले अहिले कुन प्रतिशोधमा प्रश्न उठायो राप्रपाले आयोगमाथि प्रतिप्रश्न गरेको छ ।

आयोगले अनावश्यक दवाव दिएमा अदालतसम्मै पुग्ने राप्रपाको तयारी छ ।

मुलतः राप्रपाले प्रयोग गरेको वाक्यांश संविधानको प्रस्तावना एवं भावनाको प्रतिकूल देखिएको र गाई चिन्ह राष्ट्रिय चिन्हसँग जुधेको भन्दै हटाउन आयोगले पत्र काटेको हो ।

जसकाप्रति आक्रोशित राप्रपाले अन्य दलको प्रयोगमाथि समेत आयोगलाई ध्यानाकर्षण गराएको छ ।

राप्रपाले गाई प्रयोग गर्न नपाउने भए नेकपा एमालेले राष्ट्रिय झण्डामा प्रयोग भएको सूर्य चिन्ह पनि नपाउनुपर्ने कतिपय नेताहरुको भनाइ छ ।

अहिले आयोगका कारण एमाले र राप्रपा जुध्ने अवस्था छन् । के अब एमाले पनि सूर्य चिन्ह हटाउन तयार हुन्छ त रु वा आयोगको ध्यान जान्छ रु प्रश्न उब्जीएको छ ।

यसअघि नै आयोगले नेकपा माओवादी केन्द्रलाईसमेत यस्तै पत्र काटेको थियो । माओवादी केन्द्रको विधानमा रहेको साम्यवाद, वर्गसंघर्ष र जनक्रान्ति भन्ने शब्द हटाएर मात्रै विधानलाई अद्यावधिक गरेको थियो ।

जसका प्रतिसमेत माओवादी रुष्ट थियो । एकपछि अर्को दलहरुलाई आयोगले केस्राकेस्रा केलाएर केरकार गर्न थालेपछि राजनीतिक दल र आयोगबीच द्वन्द्वको अवस्था श्रृजना भएको छ ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij