दैनिक न्युज नेपाल
काठमाडौं। नेकपा (माओवादी केन्द्र) सोलुखुम्बुको अध्यक्षमा असिम राई चयन भएका छन् ।
मंगलबार विराटनगरमा बसेको माओवादी केन्द्र प्रदेश १ को दोस्रो पूर्ण बैठकले जिल्ला समन्वय समिति अध्यक्षको जिम्मेवारी उर्जाशील युवानेता राईलाई दिएको हो ।
थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्षसमेत रहेका राईले जिल्ला कमिटी सचिवको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
निवर्तमान अध्यक्ष गोम्बु शेर्पा (कज्र्याङ)ले आफूले पटक-पटक जिल्लाको नेतृत्व गरिसकेकाले पार्टी भित्रै नेतृत्व हस्तान्तरणका लागि पनि अध्यक्षमा राईलाई अगाडि सारिएको जानकारी गराए ।
त्यस्तै पार्टी सह-ईन्चार्जको जिम्मेवारी प्रदेश कमिटी सदस्य ठमनाथ पराजुली ‘ध्रव’लाई दिइएको छ । यसअघि उनले जिल्ला कमिटी उपाध्यक्षको जिम्मेवारीमा सम्हाल्दै आएका थिए ।
यता सचिवको जिम्मेवारी भने जिल्ला कमिटीको पहिलो बैठकले टुंग्याउने बताइएको छ ।
पार्टीको जिल्ला ईन्चार्ज भने यसअघि देखिनै पार्टी केन्द्रीय सदस्य तथा संघीय सांसद हेमकुमार राई ‘सुरवीर’ रहेका छन् ।
© Dainik News Nepal PVT. LTD. All right reserved | Site By : sobij