logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
एमाले छाड्ने घनश्याम भुसालको तयारी !

एमाले छाड्ने घनश्याम भुसालको तयारी !


1.1K
SHARES

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुषालले एमाले छाड्ने मनस्थिति बनाएको समाचार बाहिरिएको छ ।

स्रोतका अनुसार नेकपा एमालेभित्र आफ्नो भूमिका प्रभावकारी बनाउन नसकेका भुसालले अब एमाले छाडेर नयाँ ढंगबाट अघि बढ्न खोजेका छन् ।

नेकपा एमालेको १० औँ महाधिवेशनमा पदाधिकारीमा उम्मेदवारी दिएका उनी पराजित भएका थिए । पराजित भएपनि उनी केन्द्रीय सदस्य भने बनेका छन् ।

कुनै समय एमालेभित्र प्रभावशाली एवम् बौद्धिक नेताको रुपमा चिनिएका नेता भुसाल अहिले भने गु्मनाम जस्तै छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा प्रतिनिधिसभा विघटन गरेपछि भुसाललगायत नेताहरु ओलीको चर्को आलोचकको रुपमा उत्रिएका थिए ।

भुसाललगायत नेताहरुले त्यसकै रिसमा मन्त्री पदसमेत छाडेका थिए ।

लामो सभय माधव कुमार नेपालको क्पाम्पमा रहेका उनी पार्टी विभाजन भएर एकीकृत समाजवादी गठन हुँदा भने नेकपा एमालेमा नै बसेका थिए ।

नेकपा एमालेमा आफू भूमिकाविहीन हुँदै गएको महसुस गरेका उनले अब नेकपा एमाले छाडेर नयाँ ढंगबाट राजनीति सुरु गर्ने मनस्थिति बनाएको बुझिएको छ ।

माधव कुमार नेपालको साथ छाडेर नेता भुसालसहित भीम रावल, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डेलगायत नेताहरु एमालेमा नै बसेका थिए ।

भुसालसहित अरु केही नेताहरु पनि एमाले अध्यक्ष ओलीको कार्यशैलीलाई मान्न सकिरहेका छैनन् । उनीहरु पनि भुसालसँगै पार्टी छाड्ने पक्षमा रहेको एक नेताले बताए ।

‘यस्तै अवस्था हो भने अब एमालेमा बसिरहनुको औचित्य छैन’, उनले भने, ‘अब नयाँ धारबाट राजनीति सुरु गर्नुपर्छ , त्यो भनेको घुसालसहित हामीहरु एमाले छाड्न पनि सक्छौँ । अहिलेलाई यति भनौँ ।’

 

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij