logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
२४ वर्षीया रेनु बनिन् एमाले जिल्ला कमिटी सदस्य

२४ वर्षीया रेनु बनिन् एमाले जिल्ला कमिटी सदस्य


1.1K
SHARES

काठमाडौं । राजनीतिमा युवाको आकर्षक उपस्थिति बढिरहेका बेला नेकपा एमाले संखुवासभा जिल्ला कमिटी सदस्यमा २४ वर्षीया रेनु राई चयन भएकी छन् ।

एमाले संखुवासभाको आठौं जिल्ला अधिवेशनबाट नेतृत्वमा आएका ९८ जनामध्ये उनी सबैभन्दा कान्छो सदस्य हुन् । सिलिचोङ गाउँपालिका-५ की उनले अनेरास्ववियुको प्रारम्भिक कमिटीबाट राजनीति सुरू गरेकी थिइन् ।

गाउँ कमिटीमा सक्रिय राजनितीको मूल्यांकनस्वरूप रेनु जिल्ला कमिटीमा निर्वाचित भएकी एमालेका जिल्ला नेता विनोद सुब्बा गुरूङले बताए । उनी जनता कलेज इटहरीमा डिग्री पढ्दै छिन् ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij