logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
सरोज यादवले छाडे एकीकृत समाजवादी, एमालेमै फर्किने

सरोज यादवले छाडे एकीकृत समाजवादी, एमालेमै फर्किने


334
SHARES

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय परिषद् सदस्य सरोज यादवले पार्टी छाडेर एमालेमै फर्किने भएका हुन्।

‘समाजवादको यात्रामा अघि बढेको पार्टी पुरानै शैलीमा चल्यो’ उनले भने, ‘म कसैलाई गाली गर्दिनँ। तर पार्टी पुरानै एजेन्डा र शैलीमा चलेपछि एकीकृत समाजवादी त्यागेको हुँ।’

उनले अब आफू एमालेमा फर्किने तयारीमा रहेको पनि जानकारी दिएका छन्। ‘एमालेमै फर्किने निर्णय लिएको छु, उनले भने, ‘पार्टीमा जाँदा बखान गर्ने र छाड्दा गाली गर्नु ठीक होइन। म कसैप्रति पनि नकारात्मक टिप्पणी गर्ने पक्षमा छैन।’

यादव महोत्तरीको औरही नगरपालिका निवासी हुन्। उनले पार्टी नयाँ बने पनि कुनै किसिमको नयाँपन आफूले महसुस गर्न नसकेकाले एमालेमै फर्किने निर्णय लिएको बताएका छन्।

यादव २०७५ जेठ ३ गते नेकपा माओवादी केन्द्र र नेकपा एमाले एकीकरणपछिको नेकपा रहुन्जेल महोत्तरी जिल्ला सचिवका रुपमा सक्रिय थिए। उनी एमालेको भ्रातृ संगठन अनेरास्ववियुको केन्द्रीय सचिव पनि भएका थिए।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij