दैनिक न्युज नेपाल
काठमाडौं। नेकपा एमाले अछामको आठौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा चन्द्र बोहोरा विजयी भएका छन् ।
नेतृत्व चयनका लागि भएको मतदानको अन्तिम नतिजा बुधबार साँझ सार्वजनिक भएको छ । जसअनुसार अध्यक्ष पदमा केपी शर्मा ओलीनिकट चन्द्र बोहोरा ४३१ मतसहित विजयी भएका छन् ।
उनले नेता भीम रावलको साथ पाएका प्रकाश शाहलाई पराजित गरेका हुन् । शाहले ३०७ मत मात्रै ल्याउन सफल भएका छन्।
उपाध्यक्षमा शाह प्यानलका उपाध्यक्ष बलबहादुर कुँवरले तीनसय १३ मत ल्याएर विजयी भएका छन् । बोहरा पक्षका उपाध्यक्ष पदमा भीमबहादुर विष्टले ३ सय ६ मत ल्याएर पराजित भएका छन् ।
सचिवमा पनि शाह पक्षकै भीमबहादुर रावल (कालोटोपी) चारसय ५३ मतले विजयी भएका छन् ।
माओवादी पृष्ठभूमिबाट एमालेमा रहेका सचिव पदका अर्का उम्मेद्वार आदर्श साउँदले दुईसय ५ मत ल्याएर पराजित भएका छन् ।
अध्यक्षमा विजयी बोहरा र सचिवका विजयी रावल मंगलसेन नगरपालिका–८ र ९ वडावासी ९साविकको वलीगाउँ गाविसका० हुन् ।
दुई उपसचिवको पदमा सात जनाको उम्मेद्वारी परेकोमा डम्बर वीसी र प्रेम महर विजयी भएका छन् ।
बोहरा पक्षका वीसीले दुईसय ६० मत शाह पक्षका महरले दुईसय ५२ मत पाएर विजयी भए । उपसचिवमा टोपबहादुर शाही दुईसय ४४, प्रेम खत्री दुई २१, लिलाराज केसी एकसय ३९, शेरबहादुर बुढा ७२ र नवराज साउँदले ६२ मत प्राप्त गरेर पराजित भएका छन् ।
निर्वाचनमा विजयी हुने पदाधिकारी मध्येमा संघीय निर्वाचन क्षेत्र १ मा एक उपसचिव बाहेक सबै क्षेत्र नं. २ का रहेका छन् ।
तीन दिनसम्म सर्वसम्मतिको प्रयास गर्दा सहमति नभएपछि निर्वाचन प्रक्रिया अबलम्बन गरिएको हो । वडाबाट प्रतिनिधि र आयोजक गरेर एमाले अछाममा सातसय ६२ मतदाता रहेकोमा सातसय ५० जनाले मतदान गरेका थिए ।
© Dainik News Nepal PVT. LTD. All right reserved | Site By : sobij