दैनिक न्युज नेपाल
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई आन्दोलनको रुपमा अघि बढाउने बताएका छन् ।
मंगलबार काठमाडौंको सिंहदरबार अगाडि पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्दै लिङ्देनले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई राज्यले उपेक्षा गरेको भन्दै अर्को बर्ष राष्ट्रिय दिवसका रुपमा मनाउन आन्दोलनको रुपमा अघि बढ्ने बताएका हुन् ।
पृथ्वीनारायण शाहले नेपाली नाम र पहिचान दिएकै कारण नेपाल रहेको तथा नेपालभित्र राष्ट्रपति र प्रधानमन्त्री रहेको भन्दै उनले राष्ट्रनिर्माताको सम्मान गर्नु सबैको कर्तव्य भएको जिकिर गरे ।
उनले अहिलेको पुस्ताले पृथ्वीनारायण शाहको योगदानलाई विर्सन नहुने धारणा पनि राखे ।
© Dainik News Nepal PVT. LTD. All right reserved | Site By : sobij