logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
प्रचण्डलाई कोरोना संक्रमण भएपछि देउवा पनि आइसोलेशनमा

प्रचण्डलाई कोरोना संक्रमण भएपछि देउवा पनि आइसोलेशनमा


718
SHARES

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण भएपछि प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पनि आइसोलेशनमा बसेका छन् ।

देउवा शनिबारदेखि आइसोलेशनमा बसेको उनको सचिवालयले जनाएको छ ।

शुक्रबार कोरोना संक्रमण पुष्टि भएका प्रचण्डसँग देउवाको भेटघाट भएकाले प्रोटोकलअनुसार उनी आइसोलेट निर्णयमा पुगेको सचिवालयका एक सदस्यले रातोपाटीलाई बताए ।

केहीदिन आइसोलेशनमा बसेर कोरोना परीक्षण गराएपछि मात्रै उनी सार्वजनिक कार्यक्रममा निस्कने बताइएको छ ।

दुई दिनअघि बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा देउवा र प्रचण्डँगसँगै रहेका थिए ।

भेटघाट भएको भोलिपल्टै प्रचण्डमा कोरोना पुष्टि भएपछि देउवालगायतका अन्य नेताहरु पनि कन्ट्याक्ट ट्रेसिङमा परेका छन् ।

उसो त देउवा आज बिहान एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट समेत पुगेका थिए ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij