दैनिक न्युज नेपाल
काठमाडौं । महँगो स्कुलमा पढ्ने इच्छा सबैको हुन्छ । तर आर्थिक समस्याले सामुदायिक विद्यालयमा पढ्नुपर्ने बाध्यता हुन्छ ।
अहिले धेरै खर्च गरेर ठुला नेताहरुका छोराछोरी मात्र पढ्छन् भन्ने बुझ्न थालिएको छ । उदाहरणमा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का नाति पनि हुन् ।
प्रचण्डका नाति महँगो स्कुलमा पढ्दै आइरहेका छन् । स्व. प्रकाश दाहाल र पूर्वमन्त्री विना मगरका छोरा अहिले ललितपुरको युलेन्स स्कुलमा पढीरहेका छन् ।
उनको महिनाको शुल्क ५० हजार छ । यो शुल्क सामान्य परिवारको लागि ठुलो रकम हो ।
यो प्रशंग माओवादीको आठौं महाधिवेशनको बन्दसत्रमा पनि उठ्यो ।
महाधिवेशनको जारी बन्दसत्रमा प्रचण्डकै अगाडि उनकै कार्यकर्ताले नेताका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनुपर्ने प्रस्ताव गरे ।
समूह १० गण्डकीले आफ्नो निष्कर्ष प्रस्तुत गर्दै केन्द्रीय सदस्यले आफ्ना छोराछोरी अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने बताए ।
महाधिवेशनमा उठेको यो प्रस्तावपछि अहिले धेरैले प्रचण्डको नाति कति शुल्कमा पढ्छन् भन्नेमा चासो राख्न थालिएको छ ।
© Dainik News Nepal PVT. LTD. All right reserved | Site By : sobij