logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
मोदीका विश्वास पात्र चौथाइवा र प्रधानमन्त्री देउवाबिच बालुवाटार भित्रै भेटवार्ता

मोदीका विश्वास पात्र चौथाइवा र प्रधानमन्त्री देउवाबिच बालुवाटार भित्रै भेटवार्ता


667
SHARES

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग भारतीय जनता पार्टी विदेश विभाग प्रमुख विजय मुरलीधर चौथाइवालेले भेटवार्ता गरेका छन्। आइतबार अपरान्ह काठमाडौं आएका चौथाइवालेले बालुवाटारमा प्रधानमन्त्री देउवासँग भेट गरेका हुन् ।

भेटमा चौथाइवाले कांग्रेस र भारतीय जनता पार्टीको सम्बन्ध सुमधुर बनाउनु पर्नेमा जोड दिए। उनले देउवालाई प्रधानमन्त्री बनेकोमा बधाई समेत दिएको बालुवाटार स्रोतले जनाएको छ। देउवा प्रधानमन्त्री बनेपछि माथिल्लो स्तरका भारतीय नेताको यो पहिलो भ्रमण हो । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वास पात्र मानिन्छन् ।

देउवा र चौथाइवाबीच सीमा विवाद, महाकाली नदीमा तुइनबाट खसेर बेपत्ता भएका दार्चुलाको व्यासका जयसिंह धामीको विषयमा समेत छलफल भएको बुझिएको छ।

चौथाइवाले प्रधानमन्त्रीसँग भेट गरेको जानकारी दिँदै ट्वीट समेत गरेका छन्। चौथाइवालेको भ्रमणको उद्देश्य र भेटघाटका पात्रहरुको बारेमा खुलाइएको छैन।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij