logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउनेबारे सोचेका छैनौंः प्रचण्ड

प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउनेबारे सोचेका छैनौंः प्रचण्ड


254
SHARES

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरु न्यायालयको समस्याबारे चिन्तित रहेको बताएका छन् । एक पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘यो विषयमा गठबन्धनका सबै नेताहरु नै हामी बडो गम्भीर ढंगले लागेका छौं, यसमा हाम्रो ध्यानाकार्षण पनि भएको छ । हामी चिन्तित पनि छौं ।

हामीले पटक पटक बैठक बसेर यसको छिटोभन्दा छिटो समाधान होस भनेर भनेका छौं । न्यायालयभित्रैबाट यो समस्या समाधान हुनेछ भन्ने विश्वास लिएका छौं ।’

अध्यक्ष दाहालले यो समस्या अदालतभित्रैबाट समाधान हुने विश्वास लिए । उनले अहिले आफूहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाएर हटाउने भनेर नसोचेको पनि स्पष्ट पारे ।

उनले भने,‘हामीले महाभियोगबारे सोचेका छैनौं । त्यो हाम्रो गठबन्धनभित्र प्रवेश भएको पनि छैन् । र, त्यतातर्फ हामीले सोचेका पनि छैनौं ।

बरु हामीले सकारात्मक ढंगले विन विन भन्छ नि, सबैलाई ठीकै हो यो भन्ने समझदारीबाट नै समाधान गर्ने ध्यान छ ।’ उनले आफ्नो पार्टीको महाधिवेशनलगत्तै यसबारेमा पहल लिने पनि विश्वास लिए ।

र, उक्त पहल सबैको विन–विन हुने खालको हुने पनि दाहालले विश्वास दिलाए ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij