logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
मेरो उपस्थितिले केपी ओलीको सातो गएको छः माधव नेपाल

मेरो उपस्थितिले केपी ओलीको सातो गएको छः माधव नेपाल


376
SHARES

 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संसदमा आफ्नो उपस्थितिले केपी ओलीको सातो गएको बताएका छन्।

नेकपा एकीकृत समाजवादी पार्टीको गण्डकी प्रदेशस्तरीय बृहत प्रशिक्षण भेलालाई मंगलबार पोखरामा प्रशिक्षणात्मक मन्तव्य दिदै उनले संसदमा आफ्नो उपस्थितिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सातो गएको बताएका हुन्।

आफू संसदमा भएका बेला केपी ओलीले संसदमा आँट नगर्ने तर आफू नभएको बेला छिर्न सक्ने भन्दै उनले भने, ‘म न भएको मौका पारेर केपी ओली छिर्न बेर छैन संसदमा।

कमसेकम मेरो उपस्थितिले केपीको संसदमा सातो गइरहेको छ नि१।’ उनले केपीको सातो गएपनि केहि मतलब नभएको बताए। उनले भने, ‘नेपाली जनताको सातो कायम रहनुपर्छ, नेपाल राष्ट्रको गरिमा माथि उठ्नु पर्छ। कम्युनिष्ट आन्दोलन जोगिनुपर्छ।’

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले आफ्नो पार्टीको प्रमुख प्रतिद्वन्द्वी नेकपा एमाले भएको बताए। ‘केपी ओलीले कब्जा गरेको कथित नेकपा एमाले हाम्रो प्रमुख प्रतिद्वन्द्वी भएको छ, शत्रुको रुपमा रहेको छ,’ उनले भने।

आफ्नो अनुहार हेर्दिन भन्दापनि केपीले आफूलाई हेर्नुपरेको भन्दै उनले भने, ‘हाम्रो अनुहार पनि हेर्दिन भन्थे, तर कस्तो सञ्जोग१ कांगेसको कार्यक्रममा अनुहार हेर्दै जानुपर्‍यो, रमाइलो भयो।’

उनले कांग्रेसको कार्यक्रममा एउटै स्टेजमा बस्न हुने तर संसदमा भने आफू र आफ्नो पार्टीलाई छुवाछुतको व्यवहार केपी ओली र उनको प्रवृत्तिले गरिरहेको बताए।

एमालेबाट विद्रोह गरेर नेकपा एकीकृत समाजवादी पार्टी खोलेका नेता नेपालले एमालेले संसद अबरुद्ध गरेर संविधान, निर्वाचन आयोग र सर्वोच्च अदालतको अपमान गरेको आरोप लगाए। कार्यकर्तालाई संसदमा नारा लगाउन सिकाएको भनेर टिप्पणी गरेका उनले भने, ‘उनीहरुको नारा छः संसदीय मर्यादा पालना गर, संसदको सर्वोच्चता कायम गर, संविधानको सम्मान गर भन्ने, तर के केपी ओली गुटको एमालेले संसदीय मर्यादा पालना गर्‍या छरु छैन।’

उनले संविधान अनुसार आफूहरुलाई संसदबाट हटाउन नसक्ने दाबी गरे। ‘के संविधान र कानूनले त्यस्तो दिएको छरु छैन। अनि कसरी हटाउन सक्छन,’ उनले भने। सभामुखले संविधानको मर्म अनुसार नै काम गरिरहेको भन्दै आगामी दिनमा पनि एमालेसँग नडराई संसदको कामकारवाही अघि बढाउन आग्रह गरे। उनले भने, ‘एमालेसँग तपाईं डराउनु पर्दैन, हामी छौं तपाईंको साथमा।’

भेलामा नेकपा समाजवादीका बरिष्ठ नेता झलनाथ खनालले भर्चुअल रुपमा प्रशिक्षण दिनेछन् भने उपाध्यक्ष प्रमेश हमाल, केशवलाल श्रेष्ठ, महासचिव वेदुराम भुसाल लगायतले प्रशिक्षण दिँदैछन्।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij