logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
मिलन पाण्डे पक्षले गर्यो विवेकशील साझा पार्टी सुदृढीकरण अभियान घोषणा

मिलन पाण्डे पक्षले गर्यो विवेकशील साझा पार्टी सुदृढीकरण अभियान घोषणा


423
SHARES

काठमाडौ । विवेकशील साझा पार्टीमा संयोजक मिलन पाण्डे पक्षले विवेकशील साझा पार्टी सुदृढीकरण अभियान घोषणा गरेको छ । पाण्डेको अध्यक्षतामा अभियानको २०१ सदस्यीय केन्द्रीय समिति घोषणा गरिएको हो ।

पार्टी अध्यक्ष रवीन्द्र मिश्रले पार्टीलाई गलत बाटोमा लगेको बताउँदै ‘मुल बाटो’मा फर्काउन अभियान घोषणा गरिएको पाण्डे पक्षका प्रवक्ता हरिशप्रसाद भट्टले बताए ।

उनले भने, ‘विवेकशील साझा पार्टी सुदृढीकरण अभियान सञ्चालनको मूल आधार ‘विवेकशील साझा पार्टी एकीकरण घोषणापत्र(२०७७’ र ‘वैकल्पिक राजनीतिको मूल बाटो’ हुनेछ।’

अभियानमा पार्टीका प्रशिक्षण विभाग प्रमुख केशव दाहाल, प्रदेश संसदीय दलका नेता रमेश पौड्याल, विवेकशील साझा युवा सङ्गठनका महासचिव सरोज गौतम, सचिव अमित पाठक, रवीन्द्र उपाध्यायलगायत सदस्य छन् ।

बाँकी १७ सदस्य दोस्रो चरणमा घोषणा गर्ने भनिएको छ ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij