logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
कर्णालीका मुख्यमन्त्री शाही कांग्रेस सहमहामन्त्रीमा पराजित

कर्णालीका मुख्यमन्त्री शाही कांग्रेस सहमहामन्त्रीमा पराजित


355
SHARES

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत हालै सम्पन्न निर्वाचनमा पराजित भएका छन् ।

पीछडिएको क्षेत्रका लागि सहमहामन्त्रीमा उम्मेदवारी दिएका शाही बद्री पाण्डेसँग पराजित भएका हुन् ।

पाण्डे शेखर कोइराला पक्षका हुन् भने शाहीले सभापति शेरबहादुर देउवा प्यानलबाट उम्मेदवारी दिएका थिए । पूर्वपर्यटन तथा संस्कृति उड्डयनमन्त्रीसमेत रहेका शाही पार्टीमा केन्द्रीय सदस्य थिए ।

शुक्रबार सार्वजनिक भएको मतपरिणाम अनुसार पाण्डेले २ हजार ४११ मत ल्याउँदा शाहीले २ हजार १३३ मत मात्र ल्याए । सहमहामन्त्रीका अर्का उम्मेदवार चेतराज बजाल भने ९९ मतमै सीमित भए ।

पार्टी कार्यालय सानेपामा भएको पदाधिकारीको मतगणना अन्तिम चरणमा पुगेको छ । शेरबहादुर देउवाको नेतृत्वमा सत्ता गठबन्धनसँगै कर्णाली प्रदेशमा माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीको सट्टामा कांग्रेसका जीवनबहादुर शाही कात्तिक दोस्रो साता मुख्यमन्त्री बनेका थिए ।

यसअघि संघीय सरकारको संस्कृति तथा पर्यटन उड्डययनमन्त्री बनिसकेका शाही पार्टीमा सभापति देउवा निकट नेताको रुपमा चिनिन्छन् ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij