logo
शुक्रबार, साउन १५ २०८३
  • ट्रेन्डिङ
कांग्रेस संस्थापन इतर समूहको नेतृत्व डा. शेखर कोइरालाको हातमा

कांग्रेस संस्थापन इतर समूहको नेतृत्व डा. शेखर कोइरालाको हातमा


519
SHARES

काठमाडौं। नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएका सबै प्रक्रिया सकिएसँगै कांग्रेस राजनीतिभित्रको एउटा पाटो फेरि कोइराला परिवारमै फर्किएको छ ।

१३औं महाधिवेशनमा कांग्रेसको केन्द्रीय सदस्य बनेका नेता डा. शेखर कोइराला १४औं महाधिवेशनमा सभापतिको रेसमा दोस्रो स्थान प्राप्त गरेसँगै कांग्रेसभित्रको संस्थापन इतर समूहको नेतृत्व उनको हातमा परेको हो ।

कांग्रेसको १२ औं महाधिवेशनसम्म नेतृत्वमा कोइराला परिवारकै हाली मुहाली थियो । त्यसबखत सुशील कोइराला सभापति बनेका थिए । कांग्रेसको १२औं महाधिवेशन १ देखि ५ गतेसम्म असोज २०६७ मा काठमाडौंमा भएको थियो । त्यसपछि १३औं महाधिवेशन भने कार्यवाहक सभापति बनेका रामचन्द्र पौडेलको नेतृत्वमा सम्पन्न भएको थियो ।

तर, सो बखत उनी सभापतिमा शेरबहादुर देउवासँग पराजित मात्रै बनेनन् कांग्रेसको संस्थापन समूहको जिम्मा देउवाको हातमा प¥यो । त्यसबखत सभापतिमा देउवा निर्वाचित बनेसँगै इतर समूहको नेतृत्व पौडेलको हातमा गयो भने कोइराला परिवारका नेताहरू पौडेलले नेतृत्व गरेको समूहभित्र परे ।

तर, मंगलबार १४औं महाधिवेशन सकिएलगत्तै १३औं महाधिवेशनबाट कोइराला परिवारबाट बाहिरिएको कांग्रेसको एउटा समूह फेरि कोइराला परिवारकै हातमा पुगेको छ।अर्थात् मतपरिणाममा कोइराला पहिलो नभए पनि कांग्रेसभित्रको संस्थापन इतर समूहको नेतृत्व कोइराला परिवारको हातमा परेको छ ।

-राजधानीदैनिकबाट

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij