logo
शुक्रबार, साउन १५ २०८३
  • ट्रेन्डिङ
कांग्रेस सभापतिका लागि देउवा, प्रकाशमान, विमलेन्द्र र शेखरबिच महाभिडन्त

कांग्रेस सभापतिका लागि देउवा, प्रकाशमान, विमलेन्द्र र शेखरबिच महाभिडन्त


430
SHARES

काठमाडौं । कांग्रेस सभापतिमा चार जनाको उम्मेदवारी परेको छ।

हालका सभापति शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधि चार जनाले सभापतिमा उम्मेदवारी दिएका हुन्।

सभापतिमा उम्मेदवारी दिएका देउवा समूहबाट उपसभापति विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का रहेका छन्।

यसैगरी, महामन्त्रीमा डा। प्रकाशशरण महत र प्रदीप पौडेल रहेका छन्। पौडेल नेता कृष्णप्रसाद सिटौला समूहबाट आएका हुन्।

सहमहामन्त्रीमा महिलाबाट डिना उपाध्याय, जनजातिमा भीष्मराज आङ्देम्बे, मधेसीमा महेन्द्र यादव, खसरआर्यमा किशोरसिंह राठौर, थारूमा उमाकान्त चौधरी, मुस्लिममा फर्मुल्लाह मन्सुर, पिछडिएकोमा जीवनबहादुर शाही र दलितमा मानबहादुर विश्वकर्मा छन्।

यस्तै, शेखर कोइरालाको टिमबाट उपसभापतिमा धनराज गुरुङ र चन्द्र भण्डारी, महामन्त्रीमा मिनेन्द्र रिजाल र गगन थापाको उम्मेदवारी परेको छ।

यस्तै, सहमहामन्त्रीमा खस आर्यबाट देवराज चालिसे, महिलाबाट कमला पन्त, दलितबाट जीवन परियार, मधेसीबाट रामकृष्ण यादव, मुस्लिमबाट शेख वकिल, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, आदिवासी जनजातिबाट विकास लामा र तेजुलाल चौधरीको टुंगो लागेको छ।

अर्का नेता प्रकाशमान सिंहले सभापतिमा उम्मेदवारी दिएका छन्। उनको समूहबाट उपसभापतिमा सुजाता कोइराला र महामन्त्रीमा विश्वप्रकाश शर्मा छन्।

नेता विमलेन्द्र निधिले सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्। निधिको टिमको पदाधिकारीको नाम भने खुलेको छैन। १३ औं राष्ट्रिय महाधिवेशनमा कांग्रेसमा तीन जना सभापतिका उम्मेदवार बनेका थिए।

१४ औं महाधिवेशन आइपुग्दा नेताहरूबीच सभापतिमा आकांक्षी बढेपछि सहमति हुन सकेन।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij