दैनिक न्युज नेपाल
काठमाडौँ । नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत चुनावमा रामचन्द्र पौडेल पक्षबाट महामन्त्री पदका लागि गगन थापा र विश्वप्रकाश शर्मालाई उम्देवार बनाइएको छ ।
उनीहरू शेखर कोइरालाको प्यानलबाट महामन्त्रीका उम्मेदवार हुनेछन् ।
कांग्रेसमा दुइ महामन्त्री हुने प्रावधान छ । पौडेल पक्षको बैठकले दुइ महामन्त्री पदका लागि थापा र शर्मालाई आधिकारिक उम्मेदवारको रुपमा अघि सारेको हो।
यसअघि शर्मा सभापति शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवार बन्ने चर्चा थियो ।
कृष्णप्रसाद सिटौलानिकट प्रदीप पौडेललाई सभापति शेरबहादुर देउवाले महामन्त्रीमा उम्मेदवार बनाउने निर्णय गरेपछि उक्त समूहभित्र असन्तुष्टि बढेको थियो ।
त्यसपछि नै विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी दिने तयारी गरेका थिए । गगन भने संस्थापन इतर पक्षबाट उम्मेदवारी दिने बताउँदैआएका थिए ।
© Dainik News Nepal PVT. LTD. All right reserved | Site By : sobij