दैनिक न्युज नेपाल
काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको बन्द सत्र शुक्रबारदेखि नै सुरु हुने भएको छ ।
काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारदेखि नै सुरु भएको महाधिवेशनको उद्घाटन समारोहपछि लगत्तै बन्द सत्र पनि सुरु गरिने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।
महाधिवेशनको उद्घाटन समारोह चलिरहँदा प्रवक्ता शर्माले महाधिवेशनको बन्द सत्र पनि उद्घाटन सत्र समापन भएलगत्तै सुरु गरिने कार्यक्रम रहेको बताए । बन्द सत्र भृकुटीमण्डपमा रहेको प्रदर्शनी हलमा सञ्चालन हुनेछ ।
© Dainik News Nepal PVT. LTD. All right reserved | Site By : sobij