दैनिक न्युज नेपाल
काठमाडौं । नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) रमेश खरेलले नयाँ पार्टी घोषणा गरेका छन् । शुक्रकार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्वडीआईजी खरेलले ‘नेपाल सुशासन पार्टी’ घोषणा गरेका हुन् । उनले देश सुहाउँदो, सुशासनलाई प्रमुख एजेन्डा बनाएर पार्टीलाई अघि बढाउने बताए ।
पूर्वडीआईजी खरेलले देशमा अहिले कुशासन व्याप्त रहेको भन्दै त्यसलाई सुशासनमा ल्याउन आफूले बाध्य भएर नयाँ पार्टी खोल्नुपरेको बताए । पूर्वडीआईजी खरेलले सेवा गरेर मेवा खाने नभइ सेवामात्र गर्ने ध्येयले पार्टीमा काम गर्ने बताए । उनले सबै नागरिकको चासो र आवश्यकतालाई ध्यानमा राखेर नागरिकलाई धोका नदिने गरी काम गर्ने प्रतिबद्धता पनि जनाए ।
उनले भने, ‘हामी सबैभन्दा पहिला राष्ट्रियतालाई शिरमा राख्छौँ । हाम्रो देश सुहाउँदो, सुशासनलाई प्रमुख एजेन्डा बनाएका छौँ । अहिले सबै कुशासनले व्याप्त भएर देशको यो हालत भएको छ । कुशासनले व्याप्त भएर राष्ट्रियतामा चाख नदिएर हाम्रो हालत यो भएको छ । हामी यसरी नयाँ पार्टीको हिसाबले स्थापित हुन बाध्य भयौँ । देशमा समृद्धि भएको छैन । राजनीति गर्नेहरूलाई म राजनीतिक पेसाकर्मी भन्छु । हामी पनि राजनीतिकर्मी हुन्छौँ । मैले सबै साथीहरूलाई भनेको छु– सेवा गर्ने हो मेवा खाने होइन । राजनीतिमा लागेकाहरू पेसाकर्मी भए, मेवा खाए, नागरिकहरूलाई केही वास्ता गरेनन् । हामी तपाईँहरूलाई कहिल्यै पनि धोका दिँदैनौँ ।’
© Dainik News Nepal PVT. LTD. All right reserved | Site By : sobij