logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
पौडेल पक्षले छान्यो साझा उम्मेदवार भोलि सार्वजनिक गर्ने

पौडेल पक्षले छान्यो साझा उम्मेदवार भोलि सार्वजनिक गर्ने


5.6K
SHARES

काठमाडौं । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले साझा उम्मेदवारीको विषय टुंगिएको बताएका छन् । उनले त्यसका केही प्रक्रियाहरू पूरा गरेर बुधबार साँझसम्ममा त्यस्तो निर्णय सार्वजनिक गर्ने बताए ।

चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा मंगलबार बसेको पौडेल समूहको बैठकपछि नेता पौडेलले केही प्रक्रिया पुर्‍याउन बाँकी रहेको भन्दै त्यो निर्णय भोलि बेलुका सार्वजनिक हुने बताए ।

‘कांग्रेसको रुपान्तरण चाहने विचार समूहमा हामी साथीहरूले विभिन्न कोणबाट छलफल गर्‍यौँ । हामी सहमतिको निकै नजिक पुगेका छौँ । भोलिसम्ममा केही प्रक्रिया पूरा गरेर बाहिर आउँछ,’ पौडेलले भने, ‘हामीले सबै दृष्टिकोणबाट छलफल गर्‍यौं ।

महाधिवेशनमा कसरी पार्टी जोगाउन सक्छौँ भन्नेबारेमा छलफल गरेर एउटा निष्कर्षमा पुगेका छौँ ।’

पौडेल समूहबाट पौडेलसहित महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला सभापतिका आकांक्षी छन् ।

आफूहरूबीच एकता नभए टिम नै पराजित हुने निष्कर्ष निकाल्दै पौडेल समूहले एकताको प्रयास गरिरहेको छ ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij