logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
अध्यक्षबाट पराजित भएपछि कमल थापाले भने -यसपाली त मनै फाट्यो केले सिउने केले टाल्ने हो ?

अध्यक्षबाट पराजित भएपछि कमल थापाले भने -यसपाली त मनै फाट्यो केले सिउने केले टाल्ने हो ?


520
SHARES

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षका प्रत्यासी कमल थापाले ब्यहोरेपछि एकसाथ विरक्ति आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासले हस्तक्षेप गरेको आरोप लगाएका छन् ।

अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँगको प्रतिस्पर्धामा पराजित भएपछि थापाले उक्त आरोप लगाएका हुन् । थापाले आफूलाई ‘राजनीतिकरुपमा समाप्त पार्ने चेष्टा गरिएको आरोपसमेत लगाएका छन् ।

अध्यक्ष लिङ्देनसहितले प्रज्ञा भवनमा शपथ लिइरहँदा थापा भने काठमाडौँमा कतै बसेर अरुणा लामाको गीत गुनगुनाइरहेका छन् । थापाले त्यही गीत सम्झिँदै सामाजिक सञ्जालमा पनि हारको विरक्ति पोखेका छन् । उनले आफ्नो अन्तरमनभित्रको मान्यतामाथि प्रश्न खडा भएको भन्दै कवि राजेन्द्र थापाद्वारा लिखित उक्त गीत सम्झिएका हुन् ।

‘मेरो अन्तर्मनभित्र मेरो मान्यता माथि गम्भीर प्रश्न चिन्ह खडा भएको अहिलेको अवस्थामा कवि राजेन्द्र थापाको यो कविता सम्झन मन लाग्यो’ उनले भनेका छन् । थापाको आशय दरबारप्रति आफ्नो विश्वास डगमगाएको भन्ने थियो ।

त्यसपछि थापाले त्यही गीतको केही लाइन लेख्दै सामाजिक सञ्जालमा विरक्ति पोखेका हुन्।

 

 

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij