logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
कमल थापाको छोराछोरी नै केन्द्रीय सदस्य उम्मेदवार

कमल थापाको छोराछोरी नै केन्द्रीय सदस्य उम्मेदवार


2.6K
SHARES

राप्रपाको केन्द्रीय सदस्य उम्मेदवार प्रतिष्ठा थापा र अभिषेक थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जारी एकता महाधिवेशनमा केन्द्रीय सदस्य पदमा राप्रपा अध्यक्ष कमल थापाकी छोरी र उनका भतिजा उम्मेदवार बनेका छन्।

नेताहरुले पार्टीमा परिवारवाद लादेको भन्दै आलोचना र बिरोध हुदै आएको थियो त्यसमा राजावादी पार्टी राप्रपामा पनि परिवारवाद हावी हुने भएको छ । र यसको अहिले देखि नै व्यापक बिरोध हुन थालेको छ ।

थापाकी छोरी प्रतिष्ठा र भतिजा अभिषेक थापा केन्द्रीय सदस्य पदमा उम्मेदवार बनेका हुन्।

अध्यक्षमा उम्मेदवारी दिएका कमल थापाको प्यानलबाट प्रतिष्ठा र अभिषेक उम्मेदवार बनेका हुन्।

थापाकी छोरी प्रतिष्ठा महिलातर्फ केन्द्रीय सदस्य र अभिषेक खुलातर्फ केन्द्रीय सदस्य उम्मेदवार उठेका हुन्।

अभिषेक कमल थापाका भाइ गणेश थापाका छोरा हुन्। राप्रपाको बुधबारदेखि जारी महाधिवेशनमा उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ।

राप्रपा महाधिवेशनमा अहिलेसम्म अध्यक्ष कमल थापाले पुनः अध्यक्षका लागि र नेता राजेन्द्र लिङ्देनले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।

लिङ्देन पक्षले अध्यक्षसहित उपाध्यक्ष र महामन्त्रीमा उम्मेदवार टुंग्याएको छ। तर, थापा पक्षले अध्यक्षबाहेकका उम्मेदवार टुंगो लगाएको छैन।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij