logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
कमल थापालाई पूर्वराजा ज्ञानेन्द्र शाहको आर्शीवाद !

कमल थापालाई पूर्वराजा ज्ञानेन्द्र शाहको आर्शीवाद !


401
SHARES

काठमाडौं । हिजोसम्म राजेन्द्र लिङ्देनले चुनाव जित्ने निश्चित जस्तै देखिएकोमा रात रहँदा अग्राख पलाउन पुगेको छ । राप्रपाको चुनावमा पूर्वराजा ज्ञानेन्द्र शाहले पनि निकै चासो देखाएपछि परिस्थिति केही बदलिएको छ ।

अब राप्रपाको अध्यक्षमा यसै भन्न नसकिने अवस्था बनेको छ । कमल थापा हिजोसम्म निराश भएकामा आज एक्कासी उत्साही भएका छन् । कारण हो पूर्व राजा ज्ञानेन्द्र शाहबाट पाएको ग्रीन सिग्नल ।

विगतमा गल्ती गरेको स्वीकादै थापाले एकपटक मौका दिन निकै अनुनय गरे । उनले फेरि गल्ती नदोहोरिने र राजसंस्था र हिन्दुराष्ट्र फर्काउने मिसन र भिजनबारे पूर्वराजा ज्ञानेन्द्र शाहसम्मलाई कन्भिन्स गर्न सकेको विश्वस्त स्रोतले बताएको छ ।

पूर्वराजा शाहबाट ग्रिन सिग्नल आएपछि थापा उत्साही भएका छन् । रातारात माहोल फरक भएपछि परिस्थिति केही बदलिएको छ । उनी केही ढुक्क भएका छन् ।

राप्रपा अध्यक्षको उम्मेदवार बन्न १ लाख शुल्क

राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षको उम्मेदवारी शुल्क एक लाख रुपैँया तोकिएको छ।

राप्रपा केन्द्रीय निर्वाचन समितिले तय गरेको निर्वाचन कार्यतालिका अनुसार अध्यक्षको उम्मेदवार बन्न १ लाख शुल्क निर्धारण गरीएको हो।

त्यस्तै केन्द्रीय उपाध्यक्ष पदको उमेदवार बन्न ७५ हजार तोकिएको छ। केन्द्रीय महामन्त्री पदको लागि ५० हजार, केन्द्रीय सदस्यको लागि १५ हजार तोकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

राप्रपाको निर्वाचन १५,१६ र १७ मा काठमाडौंको भृकुटीमण्डपमा जारी छ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij