logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
कांग्रेस अधिवेशनमा दुई मेयर नै पराजित

कांग्रेस अधिवेशनमा दुई मेयर नै पराजित


880
SHARES

काठमाडौं । कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सम्पन्न मोरङ जिल्ला अधिवेशनमा दुई जना मेयर पराजित भएका छन् ।

जिल्ला सचिवका उम्मेदवार सुन्दरहरैंचा नगरपालिकाका मेयर शिवप्रसाद ढकाल र रतुवामाई नगरपालिकाका मेयर रविन राई पराजित भएका हुन् ।

सचिवमा संस्थापन पक्षबाट उठेका सुन्दरहरैंचाका मेयर ढकालले १ हजार ८४ र रतुवामाईका मेयर राईले ४ सय ५५ मत प्राप्त गरे ।

जिल्ला सचिवमा संस्थापन इतर पक्षबाट मोदराज घिमिरे र ललितबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । घिमिरेले १ हजार २ सय ३५ र श्रेष्ठले १ हजार ५ सय ६९ मत प्राप्त गरेर विजय भएका हुन् ।

जिल्लाको उपसभापतिमा संस्थापन इतरपक्षका नागेश कोइराला र भक्तिनाथ माझी निर्वाचित भएका छन् । कोइरालाले १ हजार ९ सय ४० र माझीले १ हजार ३ सय ४३ मत प्राप्त गरी विजय भएका हुन् ।

संस्थापन पक्षका उपसभापतिका उम्मेद्वार गोपालबहादुर थापाले १ हजार १ सय ९५, राजु मास्केले ५ सय ३९ र सुबोधकुमार सिंहले ८ सय ६५ मत प्राप्त गरेर पराजित भएका छन् । सहसचिवमा संस्थापन इतर पक्षका भुवनेश्वर मण्डल र सञ्जयकुमार मण्डल निर्वाचित भएका हुन् ।

जिल्ला सभापतिमा संस्थापन इतरपक्षका डिगबहादुर लिम्बू विजय भएका छन् । दोस्रो चरणको चुनावमा लिम्बूले संस्थापन पक्षका दिलिप गच्छदारलाई पराजित गरेका हुन् । लिम्बूको १ हजार ९ सय ६ र गच्छदारले १ हजार ४ सय २५ मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij