logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
देउवालाई गण्डकी सभापति शर्माले भने–पोखरामा गठबन्धनबाट कांग्रेसबाहेकले जित्दैन

देउवालाई गण्डकी सभापति शर्माले भने–पोखरामा गठबन्धनबाट कांग्रेसबाहेकले जित्दैन


264
SHARES

काठमाडौं । नेपाली कांग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले सत्ता गठबन्धनले पोखराको अवस्था र तथ्य तथ्यांकलाई आधार बनाएर निर्णय लिनुपर्ने बताएका छन् ।

सत्ता गठबन्धनमा रहेका पाँच दलका शीर्ष नेताहरू महानगर र उपमहानगरका प्रमुख र उपप्रमुखको सिट बाँडफाँट गर्ने छलफलमा छन् ।

पोखरा महानगरपालिकाको प्रमुखमा कांग्रेस र नेकपा एकीकृत समाजवादी दुवैले दाबी गरेपछि प्रधानमन्त्री देउवाले कांग्रेस पोखराका नेताहरूलाई काठमाडौं बोलाएका थिए ।

भेटपछि प्रदेश सभापति शर्माले पोखरामा कांग्रेसबाहेक अर्को पार्टीको उम्मेदवार मेयर जित्न नसक्ने अवस्थाबारे प्रस्ट पारेको बताए । गठबन्धन हुँदा सबैको दाबी हुनु स्वाभाविक हो ।

तर, चुनावमा जित महत्वपूर्ण हुन्छ । हामीले पोखराको यथार्थ राखेका छौँ, उनले भने, यथार्थमा पोखरामा कांग्रेसबाहेक दलको मेयर उम्मेदवारले गठबन्धन गरे पनि एमालेलाई जित्न सक्ने अवस्था छैन ।

उनले नेताहरूले संवेदनशील भएर निर्णयमा पुग्ने अपेक्षा रहेको बताए । पोखरा महानगरपालिकामा गत निर्वाचनमा पनि नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धन थियो । तर, नेकपा एमालेका मानबहादुर जिसीले भारी मतान्तरसहित चुनाव जितेका थिए ।

जिसीले ६० हजार ४ सय २३ मत ल्याएका थिए भने गठबन्धनका लागि कांग्रेसका उम्मेदवार रामजी कुँवरले ४६ हजार ४ सय १६ मत मात्रै पाएका थिए । हाल एमाले फुटेर बनेको एकीकृत समाजवादीले आफ्नो उम्मेदवार भए एमालेको भोट काटिने र गठबन्धनले जित्ने दाबी गर्दै आएको छ ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij