logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
चुनावपछि एमाले नेपाल भित्र भेटिँदैनः रञ्जित तामाङ

चुनावपछि एमाले नेपाल भित्र भेटिँदैनः रञ्जित तामाङ


629
SHARES

काठमाडौं । अखिल (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङले आगामी निर्वाचनले एमाले खोज्न सीमापारि जानुपर्ने बताएका छन्।

बिहीबार कास्कीको लामाचौरमा आयोजित अखिल (क्रान्तिकारी) गण्डकी प्रदेशको सम्मेलनमा तामाङले यस्तो जिकिर गरेका हुन।

केपी ओलीको पटक(पटकको प्रतिगमनकारी कदमपछि जनताहरू एमालेलाई पाठ सिकाउन निर्वचन कुरेर बसेको उनले बताए।

ओली कदमलाई साथ दिने एमाले नेता कार्यकर्ताले आफ्नै खुट्टामा बन्चरो चलाएको उनको टिप्पणी छ।

तामाङले अनेरास्ववियूले समेत विद्यार्थी आन्दोलनमाथि कालो पोतेको, विद्यार्थी आन्दोलनलाई मण्डलेकरण गरेको लगायतका आरोपहरू लगाए।

‘संसद् अपहरणको साक्षी र समर्थक बनेर एमाले अनेरास्ववियूले गम्भीर अपराध गरेको छ। मुलुकभरका शैक्षिक संस्थाहरूमा विद्यार्थीहरू हिसाब गरेर बसिराखेका छन्।

आउँदो स्ववियू निर्वाचनमा प्रतिगमनको मतियार बनेको अनेरास्ववियूका निम्ति अन्तिम निर्वाचन हुनेछ।’ उनले भने, ‘मण्डले विद्यार्थी संगठनले आउँदो स्ववियू चुनावमा उम्मेदवार समेत नपाउने स्थिति बन्नेछ।’

आउँदो निर्वाचनमा गाउँ गाउँका जनता एमालेलाई धुलो चटाउने दिन कुरे जस्तै लाखौं विद्यार्थीहरू अनेरास्ववियूको बिदाइको निम्ति स्ववियू चुनावको मिति कुरेर बसेको उनको दाबी थियो।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij