logo
शुक्रबार, साउन १५ २०८३
  • ट्रेन्डिङ
हामी प्रचण्डसँग पार्टी एकता गर्दैनौंः डा. बेदुराम भुषाल

हामी प्रचण्डसँग पार्टी एकता गर्दैनौंः डा. बेदुराम भुषाल


409
SHARES

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका महासचिव डा। वेदुराम भुषालले नेकपा (एमाले) ले नीति र विचारको हिसाबले गलत बाटोमा गएपछि आफूहरुले विद्रोह गरेको स्पष्ट पारेका छन् ।

तर, एमाले नफुटाएको उनको दाबी छ । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले एमाले र आफूहरुको पार्टीमा धेरै फरक रहेको सुनाए ।

उनले आफूहरु समाजवादी क्रान्तिको दिशामा अघि बढेको पनि सुनाए । र, यो नै आफूहरुको मूल कार्यदिशा हुने पनि उनले जनाए ।

उनले एमाले अझैपनि समाजवादतर्फ जान नचाहेको टिप्पणी गरे । उनले आफूहरुले बनाएको पदाधिकारी जम्बो नभएको पनि जिकिर गरे ।

उनले आफूहरुले प्रदेशवाईज सात जना उपाध्यक्ष राखिएको पनि सुनाए । र, सचिव पनि सातै जना राखिने उनले स्पष्ट पारे ।

संविधान र लोकतन्त्रको रक्षाको लागि आफूहरु पाँच दलीय गठबन्धन बनाएको र यो गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने पनि उनको दाबी छ ।

उनले संसद्लाई पूर्ण कार्यकाल कायम राख्ने सुनाए । उनले आफूहरुले नेकपा (माओवादी केन्द्र) सँग पनि एकता नगर्ने स्पष्ट पारेका छन् ।

एमालेसँग पनि एकता हुने कुरै नभएको उनको टिप्पणी छ

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij