logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
म फेरि प्राधिकरणमा नआएको भए राम्रो हुन्थ्योः कुलमान घिसिङ (भिडिओसहित)

म फेरि प्राधिकरणमा नआएको भए राम्रो हुन्थ्योः कुलमान घिसिङ (भिडिओसहित)


957
SHARES

काठमाडौं । दोस्रो पटक नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक बनेका कुलमान घिसिङ यसपटक भने त्यति सन्तुष्ट नभएको तथ्य बाहिरिएको छ । एक टेलिभिजनसँगको अन्तरवार्तामा कुलमानले आफू फेरि दोहोरिएर प्राधिकरणको नेतृत्वमा आएपछि चिन्ता व्यक्त गरेका हुन् ।

पहिलो चरणमा जति काम गरे त्यो लेबलको काम गरेर अझ बढी काम गर्नुपर्ने भएकाले आफू चिन्तित रहेको उनको भनाई छ ।

एकपटक राम्रो काम गरेर बाहिरिएको र त्यसको चर्चा पनि राम्रो भएकाले पुनः सोही पदमा आउनुभन्दा बाहिरै बसेको भए राम्रो हुन्थ्यो भन्ने घिसिङले अनुभूति सुनाए ।

‘आम जनताको पनि चाहना एकचोटी प्राधिकरणमा बस्नुपर्छ भन्ने चाहना र सरकारको पनि यो जिम्मेवारी लिनुप‍र्‍यो भन्ने चाहना भएकोले म यहाँ आएको हो । पहिलो कार्यकालको भन्दा बढी काम गर्नुपर्ने भएकाले म चिन्तामा छु ।

 

कान्तिपुर टेलिभिजुसंगको अन्तर्वार्ता

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij