logo
बुधबार, असोज १४ २०८३
  • ट्रेन्डिङ
रवि लामिछानेले विश्वासको मतसँग अपराध साटेः बालकृष्ण न्यौपाने

रवि लामिछानेले विश्वासको मतसँग अपराध साटेः बालकृष्ण न्यौपाने


584
SHARES

काठमाडौं । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले रवि लामिछानेले विश्वासको मतसँग अपराध साटेको बताएका छन् ।

उनले भने, पुष्पकमल दाहालको सरकारसँग उनले आफनो विश्वासको मतसँग त्यो अपराध साटे । रवि लामिछानेले पनि के गरे भने विश्वासको मतसँग आफुले गरेको अपराध र त्यो मुक्त गर्देउ यो मुक्त गदिन्छौं भने समर्थन गर्छु भनेर अपराधसँग पद साटे । अब उनले गरेको अपराध हो कि होइन त भन्दा सर्वोच्च अदालतले उहाँको नागरिकता जब अमेरिकाको नागरिकता लिए पछि नेपालको नागरिकता लिदा कानूनी व्यवस्था बमोजिम रद्व हुन्छ ।

सरकारले गलत काम गरेको र रवि लामिछानेले विश्वासको मतसँग अपराध साटेको बताएका छन् । यो जनताका कुरा देशका कुरा भन्ने चाहि देखाउने जात रछ । उहाँको चबाउने दातँ चाहि के रछ भने जसरी नि सत्तामा गएर रोटी खाने अब यहाँ कुनै पार्टीको सिद्वान्तले काम गर्यो? जम्मै सिद्वान्त एउटै के छ भने पदीय सिद्वान्त अब यसको परिणाम त भोग्नु पर्छ नि रवि लामिछानेले हाई-हाई थियो अब देखिन्छ नि!

अपराध गर्ने सबैलाई कार्वाही गरेर सजाय दिनु पर्ने उनको भनाई छ । नाम माओको राख्छ काम रावोको गर्छ भारतमा तपाईको आतंकवादी छ । पालन पोषण उसैले गर्छ । र भोली जसले पालो घोडा त्यसैको काम गर्छ । अहिले हरेका ठुला नियुक्ति हुनु भन्दा अगाडी भारत र अमेरीकाकै मुख्य मान्छे आउछ । किन यस्को पछाडिको कारण के हो? भनेसि उनीहरुको लगानी छ । यहाँ अनि जब तपाईको विदेशी बिउ,साडे लगाएर जन्मेको बाछो त्यो नेपाली जातको हुन्छ? नेपालको हित गर्छ? गदैन । यो देशलाई ६२\६३ सालको व्यवस्थाले र ७२ सालको संविधानले सिक्किम संविधान सभाले विलय गरो । यहाँ संविधान सभाले बनेको संविधानले विलय गर्दैछ । अब रामचन्द्र पौडेल जी ठिक्क छाप लिएर बस्नु भाछ नागरिकता विधेयक जान्छ । मालिकलाई बुझाउनु पर्यो नि ! नभए मालिकले सत्तामा राख्दैनन् कांग्रेसलाई निकाल दिन्छन् । त्यसैले देश इतिहासकै सबैभन्दा कठिन घडीमा छ,उनले भने ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij