logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
अब आगामी निर्वाचनमा तीनै तह कांग्रेसले जित्छः प्रकाशशरण महत

अब आगामी निर्वाचनमा तीनै तह कांग्रेसले जित्छः प्रकाशशरण महत


549
SHARES

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले पार्टीलाई सशक्त बनाएर आगामी निर्वाचनमा तीनै तहमा नेपाली कांग्रेसलाई विजयी गराउने दावी गरेका छन् ।

पार्टीलाई थप बलियो बनाउन आसन्न १४औं महाधिवेशनको ठूलो भूमिका रहने पनि बताए ।

नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नं ४ र ५ को वडा अधिवेशनको उद्घाटन गर्दै सह–महामन्त्री डा।महतले कांग्रेसको लक्ष्य आगामी आम निर्वाचन जित्ने रहेकोले त्यस अनुरुपको संगठन निर्माणमा क्रियाशील सदस्यको ठूलो भूमिका रहने बताए ।

महतले साधारण सदस्य र क्रियाशील सदस्यबीचको अन्तर बताउदै भने, ‘जो नेपाली कांग्रेसको आदर्श, सिद्धान्त, नीति र अनुशासनमा विश्वास गर्छ, सदस्य बन्न पाउँछ । तर क्रियाशील सदस्य हुन पार्टीमा निरन्तर क्रियाशील हुनुपर्दछ ।’

उनले पार्टीको संगठनमा केही समय दिन सक्ने, संगठन विस्तार गर्न र आम जनतालाई आकर्षित गर्न सक्ने विश्वासले सक्रिय सदस्य बन्नु भएका पार्टी कार्यकर्ताहरुलाई वडादेखि राष्ट्रिय तहसम्म पार्टीले सुम्पिएका जिम्मेवारी पूरा गर्दै पार्टीलाई जनतासंग जोड्ने प्रयास गर्न आग्रह पनि गरे ।

पार्टीका क्रियाशील सदस्यलाई पार्टीको वडा अधिवेशनमा मतदाता बन्ने, कार्यसमिति, क्षेत्रीय समितिमा उम्मेद्वार बनेर निर्वाचित हुने अधिकार भएको भन्दै सह–महामन्त्री महतले क्रियाशील सदस्यहरुले पार्टीको संगठन निर्माण गर्न र जनताको बीचमा लोकप्रिय बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।

यस पटकको महाधिवेशन ब्यापक सहभागितामूलक र पारदर्शी ढंगलमा भैरहेको बताउदै पहिले ४ लाख सदस्य भएकोमा अहिले ८ लाख सदस्य पुगेको, सदस्य र क्रियाशील सदस्यता विधिसम्मत र विवेकपूर्ण ढंगले वितरण गरिएको, गुनासो र उजुरी सुन्ने छानवीन गर्ने प्रावधान राखिएकोले समय लागेको पनि बताए ।

महतले अघिल्लो निर्वाचन जितेर आएका दलहरु राज्य सञ्चालनमा असफल भएकोले अप्ठ्यारो अवस्थामा नेपाली कांग्रेसको नेतृत्वमा संयुक्त सरकार बनेको पनि बताए । उनले प्रतिकूलतासंग जुध्दै सरकार सम्पूर्ण नागरिकलाई खोप दिएर जनतालाइ सुरक्षा दिएको समेत बताए ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij