दैनिक न्युज नेपाल
काठमाडौं । सर्वोच्च अदालतको परमादेश बाट शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउँन महत्वपूर्ण भूमिका खेलेका एमाले वरिष्ठ नेता माधव कुमार नेपाल अहिले आफ्नै खेमा भित्र मन्त्री चाहियो भन्नेको दवाव थेग्नै नसक्ने अवस्थामा पुगेका छन् ।
मन्त्री बन्नेको प्रेसर थग्नै नसक्ने अवस्थामा पुगेको नेता नेपालले घुमाउरो पारामा स्विकारोक्ति गरेका छन् । माधव नेपालकै कारण मन्त्रीपरिषदले पुर्णता पाउन नसकेको भन्ने चर्चा चलिरहँदा नेता नेपाल स्वयंमले आफ्नै समूह भित्र मन्त्री बन्न खोज्नेको चर्को दवाव रेहको बताएका छन् ।
नेकपा ९एमाले०का वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नै समूहका नेताहरुले मन्त्री बन्न दाम्लो चुँडाउन खोजेको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित वागमती प्रदेश सम्पर्क कमिटीको समानान्तर नेतृत्व घोषणा कार्यक्रममा आफूले त्यसरी मन्त्री बन्न हतारिनेलाई केही समय रोकिन भनेको र उनीहरुले आफ्नो आग्रह मानेको बताए।
‘केही साथीहरुलाई हामी जान्छौं भनेर झण्डै दाम्लो चुँडालेर तयार हुनुभयो,’ नेता नेपालले भने, ‘दाम्लो चुँडाल्नेलाई म के गर्न सक्छु । आफ्नैलाई त रोक्न सकिएको छैन् । तैपनि मैले भनेको कुरालाई मान्नु भएको छ। दाम्लो नचुँडाउनुहोला मैले भनिरहेको छु । अहिले अन्तिम कोसिस गर्न नदिनुहोस् । मन्त्री ठूलो कुरा होइन । विचार ठूलो कुरा हो । पद ठूलो कुरा होइन, नीति ठूलो कुरा हो ।’
उनले अझैं पनि एमाले अध्यक्ष केपी ओलीको मन परिवर्तन गर्न सकिन्छ कि भनेर आफ्ना साथीहरु प्रयास गरिरहेको र आफूहरु अन्तिम प्रतिक्षामा रहेको बताए । उनले भने, ‘हामी अझैं पनि अन्तिम प्रतिक्षामा छौं । अझैं पनि कोसिस जारी छ । हाम्रो कोसिस गर्ने कमरेडले सक्नुहुन्छ कि, मन परिवर्तन गर्नका लागि ।’
सरकारमा सहभागिता र नियुक्तिहरुबारे पनि नेता नेपालले टिप्पणी गरे । ओली सरकारले एकलौटी रुपमा गरेका नियुक्तिमा के गर्ने भन्नेबारे छलफल जारी रहे पनि आफूहरुले सरकारलाई मन्त्रिपरिषद् विस्तार र नियुक्तिमा नरोकेको बताए। ‘हामीले रोेकेका छैनौं सरकारलाई,’ उनले भने, ‘हामीले भनेका छौं कि तपाईंहरु सरकार बनाउँदै गर्नुहोस्, मन्त्री बनाउँदै गर्नुहोस् । अहिले हामी पठाउन सक्दैनौं । किनभने हाम्रै टुंगो छैन् । किभने हामी छुट्दै भइदिएको भए फलना९फलनालाई पठाउने भन्ने हुन्थ्यो होला।’
‘एकता हाम्रो चाहना हो, इच्छा हो। हाम्रो इच्छा र चाहना विभाजन होइन। तर, एकताको सबै ढोका बन्द भयो भने सम्भावना रहेन भने त्यस्तो अवस्थामा पार्टीको पुनर्गठन गर्ने, पार्टीलाई पुनर्गठित गर्ने जिम्मेवारीबाट हामी पछि हटनु हुँदैन’, नेपालले भने, ‘तर, त्यो अन्तिम उपायमात्रै हुनेछ। अझै पनि कोसिस गरौं। अझै पनि केपीलाई सुधार्ने कोसिस गरौं। केपीले गरेको गलत निर्णय फिर्ता लिने काम हुन्छ भने, निर्णय प्रक्रिया र नेतृत्व प्रणाली सहमतिको आधार चल्ने स्थिति हुन्छ भने हामी अन्तिम पर्खाइमा रहेका छौं।’
वरिष्ठ नेता नेपालले पार्टी एकताका लागि आफूहरुले सरकारमा सहभागी नहुने जानकारी प्रधानमन्त्री शेरबहादुर देउवालाई गराएको पनि स्मरण गरे। उनले संविधानको रक्षाका लागि, प्रतिगमन हुन नदिनका लागि, लोकतन्त्रको रक्षाका लागि आफूहरुले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिनु परेको पनि दोहोर्याए।
© Dainik News Nepal PVT. LTD. All right reserved | Site By : sobij