logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
कांग्रेसले हँसिया-हथौडा र माओवादीले रुखमा भोट हाल्न डराउनु पर्दैनः प्रचण्ड

कांग्रेसले हँसिया-हथौडा र माओवादीले रुखमा भोट हाल्न डराउनु पर्दैनः प्रचण्ड


222
SHARES

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसले हँसिया-हथौडा र माओवादीले रुखमा भोट हाल्न डराउन नहुने बताएका छन्। काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा आयोजित उम्मेदवार परीचयात्मक कार्यक्रममा प्रचण्डले गठबन्धनका उम्मेदवारलाई बहुमतसहित विजयी बनाउन आह्वान गरे।

उनले भने, ‘रुखले हँसिया-हथौडामा हाल्ने हँसिया-हथौडाले रुखमा कसरी भोट हाल्ने भन्ने गरेको सुन्छु। २०४६ सालदेखिनै संयुक्त भोट हाल्न सुरु गरेका हौं।’

माधवजी र गिरिजाबाबुकै कारण १२ बुँदे समझदारी भएको उनको भनाइ छ। प्रचण्डले भने, ‘कमरेड ओनसरी रोल्पाको ग्रामिण इलाकामा जन्मिएर संघर्षमा विताएको महिला हो।

मेरै प्रस्तावमा प्रतिनिधिसभाको सभामुख बनाएको हुँ। सफलतापूर्वक सभामुखको जिम्मेवारी प्राप्त गर्नुभयो। ओनसरीभित्र कमाण्ड छ। ओनसरीको टिमलाई विजयी गराउनुस, विकासे मन्त्री पनि उहाँलाई बनाएर पठाइने छ।’

काठमाडौं क्षेत्र नम्बर २ ले इतिहास बनाउँदै आएको भन्दै प्रचण्डले ओनसरीसहित गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन आग्रह गरे। राजनीतिक परिवर्तनलाई दीगो बनाउन समृद्धिका योजना ल्याइने प्रचण्डले प्रतिवद्धता जनाए।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij