logo
शुक्रबार, साउन १५ २०८३
  • ट्रेन्डिङ
गठबन्धनको साथ नमिल्ने भएपछि रामकुमारी झाँक्री तनावमा !

गठबन्धनको साथ नमिल्ने भएपछि रामकुमारी झाँक्री तनावमा !


393
SHARES

काठमाडौं । साझा गठबन्धनको सहमति विपरीत नेपाली कांग्रेसबाट बागि उम्मेदवार दिएका डाक्टर भुसालले बुधबार निर्वाचन आयोगले दिएको समयसम्म आफ्नो उम्मेदवारी फिर्ता नलिएपछि गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेकपा एसका सचिव रामकुमारी झाँक्री तनावमा परेकी छिन् ।

गठबन्धनकी आधिकारिक उम्मेदवार रामकुमारी झाँक्रीविरुद्ध स्वतन्त्र भन्दै बागी उम्मेदवारी दिएका भुसाललाई नेपाली कांग्रेस गुल्मीले आज दिउँसो १ बजेसम्मका लागि उम्मेदवारी फिर्ता गर्न अल्टिमेटम दिएको थियो ।

त्यस अवधिमा उनले उम्मेदवारी नदिए स्वतः कारबाही गर्ने चेतावानीलाई बेवास्ता गर्दै उनले उम्मेदवारी फिर्ता नलिएपछि गठबन्धनकी उम्मेदवार झाँक्रीलाई धक्का लाग्ने र एमालेका उम्मेदवार गोकर्ण बिष्टलाई सहज भएको स्थानीय नेताहरुले आंकलन गरेका छन् ।

प्रदेश योजना आयो लुम्बिनीका पूर्व सदस्य रहेका भुसालले आफूले पार्टीको संगठन जोगाउन र गठबन्धन संस्कृतिको अन्त्य गर्न उम्मेदवारी दिएकाले निर्वाचनमा परीक्षण हुने नेपाल प्रेसलाई बताए । पार्टी संस्थापन समूहका प्रभावशाली नेता भुसालले उम्मेदवारी फिर्ता नलिएपछि कांग्रेसलाई समेत संकट परेको छ ।

नेता भुसालले जनाधार नै नभएको पार्टीका नेतालाई नेपाली कांग्रेसका समर्थकले भोट दिएर जिताउन अब बाध्यता नरहेको र आफ्नो जित हुने दावी गरे ।

निर्वाचन अधिकृत शिबबहादुर थापाका अनुसार गठबन्धनका अर्का बागी उम्मेदवार नरेन्द्र बहादुर अर्यालले भने उम्मेदवारी फिर्ता लिएका छन् ।

कांग्रेस नेता अर्यालले उम्मेदवारी फिर्ता लिएपछि ख प्रदेशमा भने केही सहज भएको छ । त्यसैगरी, माओवादी केन्द्रबाट उम्मेदवारी दिएका दुई जनामध्ये एक जनाले आफ्नो उम्मेदवारी फिर्ता गरेका छन् ।

क्षेत्र नम्वर १ प्रदेश ख मा गठबन्धनका आधिकारिक उम्मेदवार धनेन्द्र कार्कीविरुद्ध माओवादी केन्द्र प्रदेश कमिटी सचिव रामचन्द्र कँडेलले उमेदवारी दिएका थिए । तर उनले उम्मेदवारी फिर्ता गरेका छन् ।

क्षेत्र नम्वर २ को क प्रदेशबाट गठबन्धनका आधिकारिक उम्मेदवार नेपाली कांग्रेसका भुवनप्रसाद श्रेष्ठविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका माओवादी केन्द्र मुसिकोट नगरकमिटी अध्यक्ष युवराज खरेलले फिर्ता लिएनन् ।

प्रमुख निर्वाचन कार्यालयले दिएको जानकारीअनुसार गुल्मीका दुई क्षेत्रमा गरी चार जनाले उमेदवारी फिर्ता लिएका छन् । जिल्लामा कुल ६६ जनाले उमेदवारी दिएका थिए । स्थानीय तहको निर्वाचनमा सो क्षेत्रमा वडाध्यक्षहरुले पाएको मतभारका आधारमा एमाले ३१२५३, कांग्रेस २९८२१, माओवादी १८४१, एस ६५८, राप्रपा १०१ रहेका छन् ।

स्थानीय तहको निर्वाचनपछि नेकपा एसका जिल्लाको मुख्य नेतृत्व नै एमालेमा प्रवेश गरेको छ भने माओवादी तथा अन्य पार्टीबाट समेत एमालेमा प्रवेश गरेकाले स्थानीय तहको मतभार फेरिएको दावी एमाले नेताहरुले गरेका छन् ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij