logo
शुक्रबार, साउन १५ २०८३
  • ट्रेन्डिङ
दलबदल र कित्ता परिवर्तनले राजनीति फगत व्यापारमा झर्‍योः बाबुराम भट्टराई

दलबदल र कित्ता परिवर्तनले राजनीति फगत व्यापारमा झर्‍योः बाबुराम भट्टराई


213
SHARES

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले दलबदल र कित्ता परिवर्तनले राजनीतिलाई फगत व्यापारमा झारेको बताएका छन् ।

एमालेसँग तालमेल गर्ने तयारीमा रहेको जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई लक्षित गर्दै उनले यस्तो बताएका हुन् ।

सामाजिक संजालमार्फत उनले चुनाव नजिकिदै गर्दा नेपाली राजनीति पातालतिर धसिदै जानु अति दुःखद भएको बताए ।

उनले लेखेका छन्,‘चुनाव नजिकिदै गर्दा नेपाली राजनीति पातालतिर धसिदै जानु अति दुःखद छ।एक थान चुनावी सिटकालागि घोषित सिद्धान्त,आदर्श सबै त्यागेर र जनताको वलिदानलाई लात हानेर दलबदल र कित्ता परिवर्तन गर्नु राजनीतिलाई फगत व्यापारमा झार्नु नै हो ! यो अवसरवादको अ‍ॅध्यारोमा निष्ठाको जुनकिरी बन्ने साहस गरौं ।’

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij