दैनिक न्युज नेपाल
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीका कार्यकर्ता पनि एमालेजस्तै भएको बताएका छन्।
राजधानीमा सोमबार बिहान भएको एउटा कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने,‘हामीलाई कसै–कसैले खाओवादी पनि भन्छन्।’
उनले नेपाली कम्युनिस्ट आन्दोलनमा एमाले अध्यक्ष केपी शर्मा ओली जस्ता जाली, झेली र भ्रष्ट कोही नभएको बताए।
‘त्यहि पार्टीमा घनश्याम भुसाल, योगेश भट्टराई, भीम रावलहरूलगायत १० जनाले आत्मसमर्पण गरे’, उनले भने,‘उनीहरूले नै ओली भ्रष्ट र इमान नभएका नेता हुन् भनेर हामीलाई बुझाएका हुन्।’
माधव नेपाल, झलनाथ खनाललगायतलाई सहयोग गरेको बताएका उनले भने,‘प्रतिगमन भइसकेको थियो त्यसलाई जोगाइयो अब पार्टी र आन्दोलन जोगाएर चुनावमा एक नम्बर पार्टी बन्नुपर्छ।’
© Dainik News Nepal PVT. LTD. All right reserved | Site By : sobij