logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
माओवादी केन्द्रका शक्तिशाली नेताहरु नै चुनाव हार्ने डरले समानुपातिकमा बसे !

माओवादी केन्द्रका शक्तिशाली नेताहरु नै चुनाव हार्ने डरले समानुपातिकमा बसे !


2.2K
SHARES

काठमाडौं । नेकपा माओबादी केन्द्रका केहि नेताहरु यो निर्वाचनबाट तर्सिएका छन्। पुर्वसभामुख कृष्णबहादुर महरादेखि अन्य स्थायी समिति सदस्यहरु नै प्रत्यक्ष निर्वाचन नलड्ने भएका छन्।

एक नेताका अनुसार स्थायी समिति सदस्य शशी श्रेष्ठ चुनाव लड्ने तयारी गरेकी छैनन् । एवम् भूमि सुधार मन्त्री समेत रहेका श्रेष्ठ यो पटकको चुनाव लड्ने तयारी नगरेको नेताहरु बताउछन् । श्रेष्ठ २०७४ सालको चुनावमा समानुपातिक सांसदमा बसेकी थिइन् ।

त्यस्तै, सत्या पहाडी यो पटक प्रत्यक्ष चुनाव लड्ने तयारीमा छैनन् । २०७४ सालको चुनावमा समानुपातिक सांसद बनेका उनी पेट सम्बन्धी बिरामी भई दिल्लीमा उपचाररत छिन् ।

यशोदा सुवेदी समेत प्रत्यक्ष चुनाव लड्ने तयारी गरेकी छैनन् । पहिलो संविधान सभा २०६४ साल र २०७४ सालको चुनावमा समानुपातिक सांसद बनेका उनी चुनावमा भने सुवेदी चुनाव लड्ने तयारी नगरेको नेताहरूले बताएका छन् ।

त्यस्तै, पूर्णकुमारी सुवेदीले चुनाव नलड्ने भएका छन् । पहिलो संविधान सभा चुनावमा बाँकेबाट प्रत्यक्ष निर्वाचित भएकी उनी २०७४ सालको चुनावमा समानुपातिक सूचिमा परेर सांसद भएकी थिइन् ।

अमृता थापा मगरले चुनाव नलड्ने भएका छन् । पहिलो संविधान सभा २०६४ साल र २०७४ सालको चुनावमा समानुपातिक सांसद बनेका मगरले चुनाव लड्न चर्चा समेत गरेकी छैनन् ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij