दैनिक न्युज नेपाल
काठमाडौँ । एमाले नेता महेश बस्नेतले विगतमा मधेशमा नेकपा एमालेप्रति देखिएको भ्रम अन्त्य भएको बताएका छन ।
राष्ट्रिय युवा संघ नेपाल जनकपुरको कार्यालय उद्घाटन गर्दै बस्नेतले विगतमा एमालेप्रति मधेशमा एक खालको भ्रम रहेको तर अहिले त्यो भ्रम तोडिएको बताएका छन ।
‘हाम्रा पार्टीका अध्यक्ष केपी शर्मा ओलीप्रति एक खालको भ्रम थियो, आज त्यो भ्रमका सारा पर्दाहरु खुल्न थालेका छन,’ उनले भने ।
संविधान जारी गर्दा नेकपा एमालेले केही कुरालाई विशेष ध्यान दिएको उनले बताएका छन ।
२ सय ४६ वर्षदेखिको सामन्तवादको प्रतिकको रुपमा रहेको राजसंस्था नेपाली जनताको हितको निमित्त बाधक छ भन्ने निष्कर्ष एमालेले निकालेको उनले बताएका छन ।
उहाँले गणतान्त्रिक नेपाल स्थापना गर्न नेपाली जनता सफल भएको पनि प्रष्ट पारेका छन ।
जनकपुरमा भैसी चराउने किसानको छोरा रामवरण यादव र भोजपुरमा घाँस दाउरा गरेर हुर्किनुभएकी किसानकी छोरी विद्यादेवी भण्डारीलाई राष्ट्रपति बनाएर नेपालको संविधानले गणतन्त्रलाई संस्थागत बनाएको बस्नेतले बताए ।
अब हामीले कार्यान्वयन गरेको संघीयता ठीक भयो कि बेठीक भयो भन्ने समिक्षा गर्ने बेला आएको उनले बताए । नेपालका सातवटा प्रदेश सरकार मध्ये २ नं प्रदेश सरकार सबैभन्दा बदनाम र भ्रष्ट सरकारको रुपमा परिचित भएको दावी पनि गरेका छन ।
© Dainik News Nepal PVT. LTD. All right reserved | Site By : sobij