दैनिक न्युज नेपाल
काठमाडौं । सत्ता गठबन्धनबीच दुइ निर्वाचन क्षेत्रमा सहमति जुटेको छ। स्रोतका अनुसार मकवानपुरका प्रतिनिधिसभाका दुई क्षेत्रमा कांग्रेस र एकीकृत समाजवादीवीच १र१ सिट भागवण्डा गर्ने आन्तरिक सहमति बनेको छ ।
एक नेताका अनुसार कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ र एकीकृत समाजवादीका नेता विरोध खतिवडालाई स्थान सुरक्षित गर्ने गरि सहमति बनेको छ । डिना र खतिवडाको क्षेत्र मकवानपुर २ भएकाले एक जनालाई क्षेत्र नम्बर-१ मा उम्मेदवार बनाउन लागिएको हो ।
डिनालाई मकवानपुर-१ उम्मेदवार बन्ने सहमति बनेको छ । दुवै क्षेत्र गठबन्धनबाट विजयी हुने गरी तालमेल गर्न लागिएको कांग्रेस नेताले बताए । प्रतिनिधि सभामा कांग्रेसले एक क्षेत्र प्राप्त गरेपनि प्रदेश सभामा भने बढी दाबी गरिने मकवानपुर कांग्रेसका जिल्ला सभापति बुद्ध लामाले बताए ।
गत निर्वाचनमा खतिवडाले डिनालाई मकवानपुर-२ मा पराजित गरेका थिए । खतिवडाले ४६ हजार ४८१ मत ल्याउँदा डिना ३४ हजार ९० मत ल्याएर पराजित भएकी थिइन् ।
© Dainik News Nepal PVT. LTD. All right reserved | Site By : sobij