logo
शुक्रबार, साउन १५ २०८३
  • ट्रेन्डिङ
एक महिनाभित्रै मुख्यमन्त्री शाक्य र आचार्यलाई हटाउँछौंः रामकुमारी झाँक्री

एक महिनाभित्रै मुख्यमन्त्री शाक्य र आचार्यलाई हटाउँछौंः रामकुमारी झाँक्री


574
SHARES

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की केन्द्रीय सदस्य एवं सांसद रामकुमारी झाँक्रीले वाग्मती र प्रदेश १ का मुख्यमन्त्रीलाई एक महिनाभित्र हटाउने बताएकी छन् ।

सिन्धुलीमाडीमा शनिबार आयोजित कार्यक्रममा नेता झाँक्रीले वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य र प्रदेश १ का भीम आचार्यलाई इंगित गर्दै उक्त धारणा राखेकी हुन् ।

उनले राजनीतिक जीवनलाई दाउमा राखेर एक महिने सरकार चलाउन गएकाहरु पछुताउने दाबी पनि गरिन् ।

सांसद झाँक्रीले एक महिना काट्ने सुविधा नभएका प्रदेश मुख्यमन्त्रीहरुको ७ दिने मन्त्री खान जानु जग हँसाउने काम भएको टिप्पणी गरिन् ।

पार्टी गठनको अन्तिम समयमा पिठ्यूँ फर्काएर हिँडेका १० जना नेतालाघ नेतृ झाँक्रीले अब नेकपा (एस)मा नभित्र्याउने बताइन् ।

उनीहरुले एकीकृत समाजवादीमा आबद्ध हुन ढिलो गरे ढोका बन्द हुने झाँक्रीको भनाइ थियो । एमाले कार्यदलमा रहेकाहरुलाई आत्मसमर्पण गरेमात्र आफ्नो पार्टी नेकपा ९एस०मा भित्र्याउने झाँक्रीले खुलाइन् ।

मुलुक लुट्नको लागि एमाले अध्यक्ष केपी शर्मा ओली लागेको आरोप लगाउँदै नेतृ झाक्रीले लोभीपापी एमालेमा गएको बताइन् ।

एमाले भित्रका क्रान्तिकारीहरुलाई विद्रोह गरेर भत्काउने क्रम सुरु भएको दाबी गर्दै उनले आफूहरुले पार्टी फुटाएको नभइ विद्रोह गरेको जिकिर गरिन् ।

समानान्तर कमिटीका अध्यक्ष सूर्य पाख्रिनको अध्यक्षतामा बनेको एक सय एक सदस्यीय जिल्ला कमिटीले शनिबार वाग्मती प्रदेश इन्चार्ज केदार न्यौपानेबाट शपथ लिएको छ ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij