logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
म प्रधानमन्त्री बने भने एक रुपैयाँ लिन्न, १५ वर्षमा नेपाललाई एसियाकै सबै भन्दा नमुना देश बनाउँछुः हेमविक्रम सिलवाल

म प्रधानमन्त्री बने भने एक रुपैयाँ लिन्न, १५ वर्षमा नेपाललाई एसियाकै सबै भन्दा नमुना देश बनाउँछुः हेमविक्रम सिलवाल


1.4K
SHARES

काठमाडौं । स्वतन्त्र नागरिक समाजका संयोजक हेमविक्रम सिलवालले यदि आफु प्रधानमन्त्री बने राज्यबाट एक रुपैयाँ भत्ता नलिने र सरकारी सवारी साधन समेत प्रयोग नगरि नेपाललाई एसियाकै सबै भन्दा विकसित मुलुक बनाउने घोषणा गरेका छन ।

दैनिक न्यूज नेपालसंगको अन्तर्वार्तामा उनी भन्छन, म प्रधानमन्त्री भए भने एक रुपैयाँ पनि भत्ता लिन्न, सरकारी सवारी साधन पनि प्रयोग गर्दिन जब सम्म देश विकास हुन्न ।

जुन दिन देशको विकाश गर्छु हुन्छ त्यो दिन नेपाली जनताले मलाई त्यैले सहि गरिस भने त्यो दिन म जनताले दिएका आर्शिवाद लिन्छु होइन भने एक रुपैयाँ नलिएर यो देशलाई १५ वर्ष सम्म म प्रधानमन्त्री चलाईदिन्छु ।

एक रुपैयाँ नखाई कन, मेरो घरको चामल, गुन्द्रक र साग ल्याएर खाएर यो देश चलाएर एसियाकै नमुना देश बनाएर देखाईदिन्छु ।

मान्छेले सुन्दा के भन्ला है ? भन्ने पश्र गर्न नभ्याउदै उनले थपी हाले

सबैले सुनोस भनेरै भनेको हुँ, म यो देश चलाउँन सक्छु, मेरो बाउ बाजेले एकीकरण गर्न सक्छ, मेरो बाउ बाजेले बनाई दिएको देश, मैले विकाश गर्न सक्दिन भने त, म जस्तो छोरो जन्मिनु त धिक्कार हो नि त । कस्तो कुरा नबुझ्या ?

तपाईले आफुले आफुलाई योग्न देख्नु भयो नेपाली जनताले पनि देख्नु पर्यो नि ?

म मैदान सडकमा त सधै नागरिकको, जनताको पक्षमा नागरिक समाजको हैसियतले उत्रिराखेको छु त । के म राजनीतिक पार्टीको झोले हो र ? पार्टी हो भने त ?

म प्रधानमन्त्री भए भने नेपाललाई एसियाकै सबै भन्दा नमुना देश बनाउँछु, म मात्र होइन मेरो मन्त्रीमण्डलका कुनै पनि सदस्यले एक पैसा लिदैनन् तर तलब खान्छु भन्नेलाई त बाबु गोरु जोत, गाउँमा गएर भैसी पाल, तलाई यहाँ तलब मिल्दैन मन्त्री पद देश बनाउनलाई हो जागिर खानलाई होइन भन्छु म ।

तपाईको कुरा सुनेर सस्तो लोकप्रियताको लागि भन्छन है ?

सस्तो लोकप्रियताको लागि होइन, म काजिको छोरा हुँ, मलाई दुध र भात खानलाई राजनीति गर्न पर्दैन के । राजनीति गरेर धोबिखोलो कब्जा गर्न आएको मान्छे हुँ त म ?
म त एकीकरण गर्ने सिपाहीको छोरो हुँ गाठे ।

दैनिक न्यूज नेपालसंग कुराकानी गर्ने क्रममा उनी थप्छन, आज सम्म म आफु बाँच्न म आफैले कम्पनि खोलेर आफैले कमाए, मेरो कम्पनि ७२ सालको भुइचालोले ध्वास्त भयो, अब फेरी मेरो कम्पनि खोल्ने वाला छु, मेरो कम्पनि फेरी सुचारु भयो भने सय दुई जनालाई रोजगारी दिन सक्छु । म काममा विश्वास गर्छु, पैसा कमाउन त उद्योग खोल्ने हो राजनीति गर्ने हो ?

यो देश म बनाउँछु अरु कसैले सक्दैन, मेरो नेतृत्वमा बन्छ । ढुक्क साथ भन्छु ।

कसरी देश बनाउँने भन्ने पश्र आउँला, म के गर्छु भने

१) यो देशमा भ्रष्टाचार नियन्त्रण गर्छु, यो देशका पाँच हजार भ्रष्टाचारीहरुलाई मेरै बाउ परेछ भनेपनि जेल हाल्छु
३) स्वास्थ्य, शिक्षा निशुल्क गराउँछु
३) कृषि र उद्योगमा क्रान्त्रि ल्याउँछु

यि कुरा सबै म १५ वर्षको अबधिमा गर्न सक्छु ।

 

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij