logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
प्रभु बैंक र सीता प्यालेस होटलबीच भयो सम्झैता ग्राहकलाई आकर्षक छुट

प्रभु बैंक र सीता प्यालेस होटलबीच भयो सम्झैता ग्राहकलाई आकर्षक छुट


312
SHARES

काठमाडौं, प्रभु बैंक लिमिटेड र सर्लाहीस्थित सीता प्यालेस होटलबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

सम्झौतापत्रमा बैंकका तर्फबाट हरिवन शाखा कार्यालय प्रमुख मनोज कुमार साह र सीता प्यालेस होटलका तर्फबाट प्रबन्धक मुकुन्द प्रसाद घिमिरेले हस्ताक्षर गरे ।

सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका ग्राहकले सीता प्यालेस होटलद्वारा सञ्चालित “फुड” र “वेभरेज” सेवामा १० प्रतिशत र “लजिङ्ग” सेवामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

उक्त सम्झौता अन्तर्गत सीता प्यालेस होटलमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, सीता प्यालेस होटलका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij