logo
शुक्रबार, साउन १५ २०८३
  • ट्रेन्डिङ
केपी ओलीलाई सिध्याउने मुख्य पात्र सुवास नेम्वाङ हुनः शेरबहादुर कुँवार

केपी ओलीलाई सिध्याउने मुख्य पात्र सुवास नेम्वाङ हुनः शेरबहादुर कुँवार


875
SHARES

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका नेता शेरबहादुर कुँवरले केपी ओलीलाई दुई तिहाईको प्रधानमन्त्रीबाट यो अवस्थामा पुर्याएर सिध्याउने सुवास नेम्वाङ मुख्य पात्र भएको आरोप लगाएका छन ।

उनी भन्छन सुवास नेम्वाङहरुले आफ्नो व्यक्तिगत स्वार्थको लागि केपी शर्मा ओलीले गल्ति गर्दा समेत चुप लागेर बसे । गल्तिलाई सुधार्ने कोशिस गरेनन् र पार्टी फुट्यो ।

भीम रावलहरुको एमालेमा कत्लेआम हुने बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफु बिरुद्ध बोलेको कुनैपनि कुराहरु नबिसिर्ने बताएका छन् ।

केपी शर्मा ओली गुच्चा खेल्दा झगडा परेकोलाई पनि बाँकी नराख्ने प्रवृतिको रहेको बताएका छन । आफुले भीम रावललाई पटक–पटक एमालेमा नजान आग्रह गरेको बताएका छन् ।

शेरबहादुर कुँवरले भीम रावललाई छाडेर गए भन्ने जनतामा भ्रम सिर्जना भएको छ । नेता भीम रावललाई मैले होइन भिम रावलले चाहि हामीलाई त्यागेर एमालेमा जानु भएको हो ।

केपी ओली भ्रष्ट अनैतिक भए, केपी ओलीले राष्ट« चलाउन सक्दैन, हामीले छुट्टै पार्टी बनाएर जानुपर्छ भनेर नेकपा एकीकृत पार्टी दर्ता गरेका हौं । केपी ओलीको सबै भन्दा खरो बिरोध गर्ने व्यक्ति भनेको भीम रावल नै भएको बताएका छन् ।

यदि भीम रावलले त्यस्तो खरो बिरोध नगरेको भए प्रचण्ड र माधव नेपाल पनि यो स्थीति सम्म नपुग्ने बताएका छन ।

केपी शर्मा ओलीलाई एमालेको अध्यक्ष वामदेब गौतमले बनाएको बताएका छन । यदि वामदेब गौतम नभएको भए केपी ओली एमालेको अध्यक्ष हुदैन थिए, अहिले केपी ओलीको जे हाइट छ त्यो वामदेव गौतमले नै बनाई दिएको हो ।

उनले भनका छन । केपी ओलीले वामदेवलाई हराउन आफ्ना कार्यकर्ता बर्दिया पठाएको प्रमणित भएको बताएका छन । छानबिन गरियोस भनेर वामदेब आफै, त्यहाँका जनता र कार्यकर्ताहरु बोली राख्दा तर ओलीले आफ्ना मान्छेहरुलाई पठाएर प्रमाण मेटाएको बताएका छन् ।

त्यत्रो कत्लेआम गर्दापनि वामदेब सहेर बसे । संसदीय दलको नेता तपाई मत बिरामी मान्छे चुप लागेर बस्छु कार्यभाग अध्यक्ष पनि तपाई भनेर वामदेवलाई आश्वासन दिएको बताएका छन् ।

सुवास नेम्वाङ केपी ओलीलाई सिध्याउने मुख्य पात्र भएको टिप्पणी गरेका छन् । सानदार दुई तिहाइ बहुमतको प्रधामन्त्री कसैले छुन नसक्ने प्रधामन्त्रीलाई यस स्थानमा सुवास नेम्वाङले ल्याएको बताएका छन् ।

प्रधानमन्त्री र पार्टी अध्यक्षको कदमले पार्टी ध्वस्त हुन्छ, पार्टी विभाजनको बाटो तिर धकेलिन्छ भन्ने कुराको हेक्का उनिहरुलाई हुनुपर्ने बताएका छन् । उनिहरु आफ्नो व्यक्तिगत स्वार्थको लागि केपी ओलीलाई सच्याउने प्रयास नगरेको बताएका छन ।

यदि केपी ओलीलाई सच्याउने बाटो तिर लगेको भए केपी ओली यो अबस्था सम्म आइ नपुग्ने बताएका छन ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij