logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
पाँच दलीय गठबन्धन हाम्रो इच्छाले गरिएको हैनः नारायणकाजी श्रेष्ठ

पाँच दलीय गठबन्धन हाम्रो इच्छाले गरिएको हैनः नारायणकाजी श्रेष्ठ


797
SHARES

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले सङ्घीयता र लोकतन्त्र रक्षाका निम्ति पाँचदलीय गठबन्धन निर्माण भएको बताउनुभएको छ ।

आज सङ्खुवासभाको मादीमा भएको जनसभालाई सम्बोधन गर्न आएका श्रेष्ठले प्रतिगमनको खतरा भएका कारण पनि गठबन्धन जरुरी भएको बताउनुभयो ।

“पाँच दलीय गठबन्धन हाम्रो कामनाले, इच्छाले गरिएको गठबन्धन होइन”, उहाँले भन्नुभयो, “नेपालमा छ दशक लामो सङ्घर्ष गरेर, जनयुद्ध र जनआन्दोलनको संयोजनमा ल्याइएको परिवर्तन र लोकतन्त्रलाई उल्ट्याउने कदम चालिन थालेपछि त्यो प्रतिगमनलाई असफल पार्न पाँचदलीय गठबन्धन गरिएको हो ।”

नेपाली जनताले रगत पसिना बगाएर प्राप्त गरेको उपलब्धिलाई रक्षा गर्न गठबन्धन बनेको उहाँको भनाइ थियो ।

त्यस्तै चुनावीसभाका लागि आएका नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले केपी ओलीको निरङ्कुशताको विकल्पमा गठबन्धन गरिएको बताउनुभयो ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij