logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
कांग्रेस र कम्युनिस्ट नेताले संसदबाट देश बेच्‍न खोजेः विप्लव

कांग्रेस र कम्युनिस्ट नेताले संसदबाट देश बेच्‍न खोजेः विप्लव


527
SHARES

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले कांग्रेस र कम्युनिस्ट नेताले देशलाई संसदबाट बेच्न खोजिरहेको आरोप लगाएका छन् ।

काठमाडौंको खुलामञ्चमा आयोजित सभामा बोल्दै विप्लवले कांग्रेस र कम्युनिस्ट भनिने नेताले देशलाई संसदबाट बेचिरहेका आरोप लगाएका हुन् ।

कांग्रेस र कम्युनिस्ट नेताले देशलाई संसदबाट बेचिरहेका छन् । एमसीसीको विरुद्धमा बोल्दा हामीलाई प्रतिबन्ध लगाएको थियो ।

अरबौं रुपैयाँ ठगविरुद्ध नारा लगाएका थियौं ,उनले भने,एमसीसी अनुदान होइन, घातक अतिक्रमण हो । एमसीसी भू-मण्डलीकृत साम्राज्यवादको आयाम हो ।

नयाँ तरिकाले नेपालमाथि अमेरिकाले हस्तक्षेप गर्न चाहन्छ, उनले भने,फागुन १५ लाई कालो दिनको छाप छोडेर गएका छन् ।

सन्धी सम्झौताका नाममा अमेरिकाले नेपालमाथि हमला गरेको उनले बताए । ‘एमसीसी भू-मण्डलीकृत साम्राज्यवादको आयाम हो ।

नयाँ तरिकाले नेपालमाथि अमेरिकाले हस्तक्षेप गर्न चाहन्छ उनले भने फागुन १५ लाई कालो दिनको छाप छोडेर गएका छन् ।

एमसीसीले राष्ट्रिय स्वाधिनतामाथि घात गर्छ । एमसीसी राष्ट्र र जनतामाथि घात हो । उनले भने अब यो देशको रक्षा हामी गर्छौं ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij