दैनिक न्युज नेपाल
काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले एमसीसीको सन्दर्भमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको ढुलमुले चरित्र प्रदर्शन गरेको आरोप लगाएका छन् । उनले प्रचण्डको बोलीमा ठेगान नभएको सङ्केत गर्दै कटाक्ष गरेका छन् ।
उनले लेखेका छन्-‘प्रचण्डले यूटर्न लिएको देख्न हप्ता दिन लाग्ला कि त्यो भन्दा अगावै देखिएला ?’, उनले कटाक्ष गरेका छन्, ‘परराष्ट्र मामिलाका धुरन्धर ज्ञाताहरूले ज्ञान फिट्न परो ।’ विगतमा एमाले अध्यक्ष ओलीले परराष्ट्र सम्बन्ध ध्वस्त पारेको आरोप लगाउनेहरूलाई पनि उनले व्यङ्ग्य गरेका छन् । ‘ओलीले ध्वस्त पारेको विदेश सम्बन्ध सप्रेको देख्न मन छ’, उनको कटाक्ष छ । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले एमसीसी अमेरिकालाई पत्र लेखेपछि राजनीति तरङ्गित बनेको छ । यही बीचमा प्रचण्डको सचिवालयले पत्रकार स्पष्टीकरण समेत दिइसकेको छ ।
© Dainik News Nepal PVT. LTD. All right reserved | Site By : sobij