दैनिक न्युज नेपाल
काठमाडौं। नेकपा एमालेको विद्यर्थाी संगठन अनेरास्ववियुको अध्यक्ष सुनिता बरालले पाँच दलीय गठबन्धनको सरकारले स्थानीय तहको निर्वाचन नगर्ने षड्यन्त्र गरिरहेको उल्लेख गर्दै आवश्यक परे देशभर लाखौं युवा विद्यार्थी निर्वाचनको पक्षमा सडकमा
उतार्ने चेतावनी दिनुभएको छ ।
देशभरका सम्पूर्ण युवा तथा विद्यार्थीलाई सरकारविरुद्ध शसक्त आन्दोलन गर्ने चेतावनी दिनुभयो । उहाँले आज एक विज्ञप्ती जारी गर्दै विभिन्न बहानामा पाँच दलीय परमादेशी गठबन्धनको सरकारले स्थानीय तहको निर्वाचन रोक्ने खोजेको भन्दै संविधान तथा
लोकतन्त्रलाई सक्षा गर्न अनेरास्ववियुका नेता तथा कार्यकर्तालाई आन्दोलनमा उत्रन बाध्य नबनाउन चेतावनी दिनुभएको हो ।
स्थानीय तहका पदाधिकारीको ५ वर्षे पदावधि २०७९ जेठ ७ मा समाप्त स्मरण गराउँदै अध्यक्ष बरालले हाम्रो संविधानले स्थानीय सरकारमा जनप्रतिनिधि नहुने परिकल्पना नगरेको बताउनुभयो । स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ३ ले त
गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उप्रमुख, वडा अध्यक्ष र वडा सदस्यको निर्वाचन कार्यकाल समाप्त हुनु भन्दा दुई महिना अगाडि हुने व्यवस्था गरेको उल्लेख गर्दै अध्यक्ष बरालले स्थानीय तह निर्वाचन ऐनको दफा ४ ९४० ले थप
अलग-अलग मितिमा निर्वाचन भएकोमा समेत पहिलो पटक तोकिएको मितिलाई निर्वाचन मिति मानिने व्यवस्था गरेको दावी गर्नुभयो ।
संविधानको धारा २२५ अनुसार ६ महिना भित्र गाउँरनगर सभाको निर्वाचन सम्पन्न गर्नुपर्नेछ भन्ने बुँदालाई अपव्याख्या गर्दै ऐन नै संसोधन गर्न गृहकार्य गर्ने कार्य अत्यन्तै निन्दनिय एवम् संविधानसभाको संवैधानिक मनसाय विरुद्धको कार्य हो भन्ने
अनेरास्ववियुको ठम्याई रहेको छ ।
© Dainik News Nepal PVT. LTD. All right reserved | Site By : sobij