logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
सत्ता गठबन्धनको चुनाव नगर्ने षडयन्त्रविरुद्ध सशक्त आन्दोलनमा उत्रिनु: केपी ओली

सत्ता गठबन्धनको चुनाव नगर्ने षडयन्त्रविरुद्ध सशक्त आन्दोलनमा उत्रिनु: केपी ओली


510
SHARES

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन नगराउने षड्यन्त्र भइरहेको भन्दै चुनावका लागि सरकारलाई बाध्य पार्नेगरी आन्दोलनमा उत्रिन भ्रातृ संगठनहरुलाई निर्देशन दिएका छन् ।

अध्यक्ष ओलीले शुक्रबार पार्टीका केही नेता र जनसंगठनका प्रमुखहरुलाई बोलाएर स्थानीय तहको चुनावका लागि दबाबमूलक आन्दोलनको तयारी गर्न निर्देशन दिएका हुन् ।

चुनाव नगर्ने विषय निकै संवेदनशील भएकाले यसलाई सामान्यरुपमा लिन नहुने ओलीको भनाइ थियो ।

एमाले संगठन विभागका प्रमुख खगराज अधिकारी, जनसंगठन समन्वय संयन्त्रका इन्चार्ज भानुभक्त ढकाल, युवा नेताहरु गोकुल बास्कोटा, महेश बस्नेत, माधव ढुंगेललगायत जनवर्गीय संगठनका नेताहरुसँगको छलफलमा अध्यक्ष ओलीले सशक्त आन्दोलनमा उत्रिन निर्देशन दिएको भेटमा सहभागी एक नेताले बताए ।

सत्ता गठबन्धन स्थानीय चुनाव नगर्ने र संविधान मिच्ने काममा खुलेआम लाग्दा पनि एमालेका जनवर्गीय संगठनहरुले सशक्त प्रतिवाद नगरेकोमा ओलीले असन्तुष्टि जनाएका छन् ।

अध्यक्ष ओलीको निर्देशनलगत्तै शनिबार जनसंगठन समन्वय संयन्त्रको बैठक बस्दैछ ।

ओलीको भनाइ उदृत गर्दै ती नेताले भने– सत्ता गठबन्धन खुलेआम संविधान मिच्न र चुनाव नगर्ने खेलमा छ । हामीले चुनाव गराउन खोज्दा प्रतिगमन भनियो ।

अहिले संविधान नै मान्दिनँ भनेर सत्ता गठबन्धन लाग्दा पनि विरोधको स्वर सानो मात्र सुनिन्छ । तपाईहरु तुरुन्तै आन्दोलनको तयारीमा लाग्नुस् ।

जनसंगठन समन्वय संयन्त्रको बैठकले स्थानीय तह चुनावको पक्षमा माहोल बनाउन आन्दोलनका कार्यक्रमहरु तय गर्ने बताइएको छ ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij