logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
जनतालाई अधिकार दिलाउने नेता प्रचण्ड मनपर्छः राजेशपायल राई

जनतालाई अधिकार दिलाउने नेता प्रचण्ड मनपर्छः राजेशपायल राई


405
SHARES

काठमाडौं । चर्चित गायक राजेशपायल राईले आफूलाई अहिलेका नेताहरुमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफूलाई मनपर्ने नेता भएको उल्लेख गरेका छन् ।

गत (शनिबार) प्राइम टिभीबाट प्रसारण भएको ‘धमलाको हमला’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै गायक राईले यस्तो बताएका हुन् । उनले भने,‘जनतापनि अहिले विवेकशील भैसक्नुभएको छ । नयाँ विकल्प खोज्लान् ।’

पत्रकार धमलाले कुराकानीको क्रममा ‘तपाईँको नजरमा मनपर्ने नेता को त ? शेरबहादुर देउवा, केपी शर्मा ओली र प्रचण्ड ? यी तीन जनामध्ये को हो ?’ भनेर सोधेको प्रश्नमा उनले भने-‘प्रचण्डजी मलाई मनपर्छ ।

द्धन्द्धकाल भयो होला, मानिस मरे होलान्, आन्दोलन र क्रान्तिमा सहादत हुन्छ, तर कहीँ न कहीँ बोल्ने अधिकार त हामीलाई उहाँहरुले दिनुभयो नि त, नत्र भने त निकै डराईन्थ्यो ।

प्रचण्डजकी कै कारण आज जातभात निकै हटेको छ । उहाँको विचारलाई र उहाँले गरेको संघर्षलाई कम आँक्न मिल्दैन् ।’

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij