logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
ओलीलाई चाहियो भन्दैमा ‘अर्ली इलेक्सन’ गर्न मिल्दैनः रामकुमारी झाँक्री

ओलीलाई चाहियो भन्दैमा ‘अर्ली इलेक्सन’ गर्न मिल्दैनः रामकुमारी झाँक्री


321
SHARES

काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले एमाले अध्यक्ष केपी ओलीलाई चाहियो भन्दैमा अर्ली इलेक्सन नहुने बताएकी छन् ।

नेकपा (एकीकृत समाजवादी) की सचिव समेत रहेकी नेतृ झाँक्रीले भनिन्, “माघ १२ गते राष्ट्रिय सभाका १९ सदस्यका लागि निर्वाचन छ ।

एउटा निर्वाचनका बेला अरु निर्वाचन गर्न आचार संहिताले दिँदैन । हामी दलहरुबीच सहमति गरेर निर्वाचन घोषणा गर्छौं । तर सस्तो लोकप्रियताका लागि खड्ग ओलीले जस्तो हावादारी घोषणा गर्दैनौं ।”

झाँक्रीले एमाले अध्यक्ष ओलीको चाहना चुनावभन्दा पनि अराजकता रहेको आरोप पनि लगाइन् ।

उनले भनिन्, “खड्ग ओलीले चुनाव चाहेर दुईदुई पटक संसद् विघटन गरेका हुन् त ? उनले लोकतन्त्रका लागि होइन, अराजकताका लागि संसद् विघटन गरेका हुन् ।

हामी खड्ग ओलीको व्यवहारबाट आजित भएर विद्रोह गरेका मानिस हौं । उनलाई ब्रेक लगाएर हामी आएका हौं । उनलाई चाहियो भनेर हामी अर्ली इलेक्सन गर्दैनौं ।”

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij